2 years ago
September 15, 2023
एजेन्सी – अष्ट्रेलियाका स्पिनर एडम जाम्पा ओडिआई इतिहासकै एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय १७ रनको विशाल लक्ष्य दिएको छ । सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ गुमाउँदै ४ सय १६ रन बनायो ।

लेग स्पिनर जाम्पाले १० ओभरमा १ सय १३ रन खर्चिए । ओडिआईमा यो एकै खेलमा एक बलरले खर्चेको संयुक्त रुपमा सर्वाधिक धेरै रन हो ।
यसअघि अष्ट्रेलियाका तीव्र गतिका बलर मिक लेविसले पनि सन् २००६ मा दक्षिण अफ्रिकाविरुद्ध नै १० ओभरमा १ सय १३ रन खर्चिएका थिए । दक्षिण अफ्रिकाले ४ सय ३५ रनको लक्ष्य ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्दा लेविसले उक्त रन खर्चिन पुगेका थिए ।
२०१६ मा पाकिस्तानका वहाब रियाजले इंग्ल्यान्डविरुद्ध तथा २०१९ मा अफगानिस्तानका राशिद खानले इंग्ल्यान्डविरुद्ध समान १ सय १० रन खर्चिएका थिए । रियाजले १० ओभर र राशिद खानले ९ ओभरमा उक्त रन दिएका थिए ।
जाम्पाले १० ओभर बलिङ गर्दा ८ चौका र ९ छक्का खान पुगेका थिए । २० बल डट राखेका थिए । मध्यक्रमका ब्याटर हेनरिक क्लासेनले ८३ बलमा १३ चौका र १३ छक्कासहित १ सय ७४ रनको विष्फोटक शतकीय इनिङ खेलेपछि दक्षिण अफ्रिकाकाले विशाल योगफल बनाएको छ ।
डेविड मिलर ४५ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा नटआउट रहे । पाँचौं विकेटका लागि क्लासेन र मिलरले ९४ बलमा २ सय २२ रनको विष्फोटक दोहोरो शतकीय साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका जोश हेजलवुडले १० ओभरम ७९ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिसले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर १ विकेट लिए । माइकल नेसेरले १० ओभरमा ५९ रन खर्चेर १ विकेट लिए । नाथन एलिसले १० ओभरमा ७९ रन खर्चेर १ विकेट लिए । अष्ट्रेलियाले १७ रन अतिरिक्त दिएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]