2 years ago
September 15, 2023
एजेन्सी – बंगलादेशले एसिया कपको सुपर फोर खेलमा भारतमाथि ६ रनको रोमान्चक जित हात पारेको छ । फाइनलमा पुग्न नसकेपनि बंगलादेशले भारतलाई हराउँदै एसिया कप अन्त्य गरेको छ । शीर्ष दुईमा रहँदै भारत र श्रीलंकाले उपाधिको लागि भिड्ने यसखेल अघिनै पक्का गरेका थिए।

जितको लागि २ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.५ ओभरमा २ सय ५९ रनमा अल आउट भयो । युवा ओपनर शुभमन गिलले १ सय ३३ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेपनि भारत पराजित भयो ।
युवा तीव्र गतिका बलर तान्जिम हसन सकिबले दोस्रो बलमै रोहित शर्मालाई शून्यमा क्याच गराउँदै पेभेलिएन फर्काएका थिए । डेब्यू खेल खेलेका उनले ड्रिम सुरुवात गरेका थिए । तान्जिमले तिलक बर्मालाई ५ रनमा बोल्ड आउट गर्दै भारतलाई दबाब बढाए ।
स्पिनर मेहेदी हसन मिराजले ईशान किशनलाई ५ रनमा एलबीडब्लू आउट गरे । अर्का स्पिनर मेहेदी हसनले लोकेश राहुललाई १९ रनमा शमिम हसैनबाट क्याच गराएका थिए । सकिब अल हसनले सूर्यकुमार यादवलाई २६ रनमा बोल्ड आउट गरेपछि बंगलादेशको जितको सम्भावना बढेको थियो ।

तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले रविन्द्र जडेजालाई ७ रनमा बोल्ड आउट गरे । स्पिनर मेहेदी हसनको ४४ औं ओभरको चौथो बलमा शुभमन गिल लगातार दोस्रो छक्का हान्ने धुनमा तौहिद हृदोयबाट क्याच आउट भएका थिए ,
भारतलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिँएको थियो ।
तीव्र गतिका बलर मुश्ताफिजुर रहमानले पहिलो बलमा शार्दुल ठाकुरलाई ११ रनमा मेहेदी हसन मिराजबाट क्याच आउट गराए । दोस्रो बलमा मोहम्मद शामीलाई एक रन दिदा तेस्रो बलमा अक्षर पटेलले चौका प्रहार गरे । तर चौथो बलमा पटेल तान्जिदबाट क्याच आउट भएपछि बंगलादेश जित नजिक पुगेको हो ।
बाँकी दुई बल प्रसिद्ध कृष्णालाई उनल डट राखे । अन्तिम ६ बलमा भारतलाई जितको लागि १२ रन आवश्यक पर्दा हातमा १ विकेट थियो । तान्जिमले पहिलो बलमै शामीलाई बाउन्सर बल गरेपछि हेलमेटमा लागेको थियो ।

शामीलाई उनले लगातार तीन बल डट राखेका थिए । चौथो बलमा शामीले चौका हानेपछि दुई बलमा ८ रन चाहिँएको थियो । पाँचौं बलमा दोस्रो रन लिनेक्रममा शामी रन आउट भएपछि बंगलादेश विजयी भएको थियो ।
बंगलादेशका मुश्ताफिजुर रहमानले ८ ओभरमा ५० रन खर्चेर ३ विकेट लिए । तान्जिमले ७.५ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मेहेदी हसनले ९ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । मेहेदी हसन मिराज र सकिब अल हसनले एक एक विकेट लिए ।
त्यसअघि कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनाएको थियो ।
बंगलादेशको जितमा कप्तान सकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिएका थिए । सकिब शार्दुल ठाकुरको बलमा बोल्ड आउट भएपछि शतक सम्म पुग्न सकेका थिएनन् ।

युवा ब्याटर तौहिद हृदोयले ८१ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाए । एक समय १४ ओभरमा ५९-४ को अवस्थामा पुगेको बंगलादेशलाई पाँचौं विकेटका लागि सकिब र हृदोयले १ सय १ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए ।
तल्लोक्रममा नासुम अहमदले ४५ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाएका थिए । ओपनर तान्जिद हसन १३, लिटन दास डक, अनमुल हक ४, मेहेदी हसन मिराज १३ र शमिम हसन १ रनमा आउट भए । मेहेदी हसन २३ बलमा ३ चौकासहित २९ रनमा नटआउट रहे । डेब्यू खेल खेलेका तान्जिम हसन सकिब ८ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए ।
भारतका तीव्र गतिका बलर शार्दुल ठाकुरले १० ओभरमा ६५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ८ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्णा, अक्षर पटेल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
भारतले फाइनलमा आइतबार घरेलु टोली श्रीलंकासँग खेल्नेछ । पाकिस्तान र बंगलादेश भने सुपर फोरबाटै बाहिरिएका छन् । नेपाल समूह ए र अफगानिस्तान समूह बी बाटै बाहिरिएका थिए
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]