default_image

8 months ago

September 16, 2023

क्लासेनको १ सय ७४ रनको विष्फोटक इनिङसँगै दक्षिण अफ्रिकाको सहज जित

1276 views

0 Bookmark

एजेन्सी – हेनरिक क्लासेनको १ सय ७४ रनको विष्फोटक इनिङसँगै दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई १ सय ६४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै पाँच ओडिआई खेलको सिरिज २–२ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि ४ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३४.५ ओभरमा २ सय ५२ रनमा अल आउट भयो । अष्ट्रेलियाका एलेक्स केरी ७७ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ९९ रनमा आउट भए ।

अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । टिम डेविडले २५ बलमा २ चौका र ३ छक्कासहित ३५, डेविड वार्नर १७, ट्रविस हेड १७, मिचेल मार्श ६, मार्नस लाबुसेन २०, मार्कस स्टोइनिस र नाथन एलिसले १८–१८ रन बनाए ।

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुन्गी एनगिडीले ८ ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडाले ७.५ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । मार्को यानसन र केशव महाराजले १–१ विकेट लिए ।

त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ गुमाउँदै ४ सय १६ रन बनाएको थियो । हेनरिक क्लासेनले ८३ बलमा १३ चौका र १३ छक्कासहित १ सय ७४ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । उनी मार्कस स्टोइनिसको अन्तिम बलमा नाथन एलिसबाट समातिन पुगेका थिए ।

क्लासेनले अर्धशतक ३८ बलमा पूरा गरेका थिए । तर त्यसपछि उनले विष्फोटक शैली अपनाए । शतक ५७ बलमा पूरा गरेका थिए । उनको यो ओडिआई करिअरको दोस्रो शतक हो । अन्तर्राष्ट्रिय क्रिकेट करिअरको सर्वोत्कृष्ट प्रदर्शन हो ।

डेविड मिलर ४५ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा नटआउट रहे । पाँचौं विकेटका लागि क्लासेन र मिलरले ९४ बलमा २ सय २२ रनको विष्फोटक दोहोरो शतकीय साझेदारी गरेका थिए ।

रास्सी भान डर डुसेन ६५ बलमा ७ चौका र २ छक्कासहित ६२ रनमा आउट भए । ओपनर क्विन्टन डि कक ६४ बलमा ५ चौकासहित ४५ र रिजा हेन्ड्रिक्स २८ रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुडले १० ओभरमा ७९ रन खर्चेर २ विकेट लिए । मार्कस स्टोइनिस, माइकल नेसेर र नाथन एलिसले एक एक विकेट लिए । एडम जाम्पाले १० ओभरमा १ सय १३ रन खर्चिए ।

दक्षिण अफ्रिका सुरुवाती दुई खेलमा ३ विकेट र १ सय २३ रनले पराजित भएको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिका १ सय ११ रनले विजयी भएको थियो । पाँचौं तथा निर्णायक खेल आइतबार हुनेछ ।

May 27, 2024

नेपाललाई क्यानाडाविरुद्ध बलियो लक्ष्य

ड्यालास (हाम्रो खेलकुद) – आइसिसी टि-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो वार्म अप खेलमा नेपालले क्यानाडाविरुद्ध बलियो लक्ष्य पाएको छ । ग्रान्ड प्रेरि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानाडाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको छ । अन्तिम केही ओभरमा नेपाली बलर महंगो सावित हुँदा क्यानाडाले बलियो योगफल खडा गरेको […]

May 27, 2024

दीपेन्द्रसहित ग्रेसको विश्वकप गीत सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्र सिंह ऐरी ब्राण्ड एम्बेसडर रहेको ग्रेस इन्टरनेसनलले यसै साता सुरु हुने आइसीसी मेन्स टि२० विश्वकपको लागि विश्वकप विशेष गीत सार्वजनिक गरेको छ । एक दशकपछि टि२० विश्वकप खेल्न लागेको नेपाली टोलीको हौसला बढाउन तथा समर्थकहरुमा उत्साह थप्न गित सार्वजनिक गरिएको हो । विश्वभरका क्रिकेट प्रेमीहरुको ध्यान विश्वकपमा गइरहँदा नेपालका […]

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ […]

Success

Thank you for your time.