default_image

2 years ago

September 17, 2023

उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डको विश्वकप खेल्ने टोली घोषणा

3643 views

0 Bookmark

एजेन्सी – साविक विजेता तथा उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्डले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने मजबुत टोली घोषणा गरेको छ । जस बटलरको कप्तानीमा इंग्ल्यान्डले युवा ब्याटर ह्यारी ब्रुकलाई टोलीमा समेटेको छ । यसअघि प्रारम्भिक टोलीमा ब्रुक थिएनन् ।

इंग्ल्यान्डले २०१९ मा विश्वकप उपाधि जित्दा ९ खेलाडीलाई भारतमा हुने विश्वकपको लागि निरन्तरता दिएको छ । तीव्र गतिका बलर रिस टोप्ली, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, डेविड मलान, साम करन र गस एटिकिन्सन बाहेक अन्य सबै खेलाडीले २०१९ को विश्वकप खेलेका थिए ।

बेन स्टोक्सले यसै वर्ष सुरुवातमा ओडिआई क्रिकेटबाट सन्न्यास लिएका थिए । तर इंग्ल्यान्डले विश्वकप खेल्न आग्रह गरेपछि उनी टोलीमा फर्किएका थिए । यसै साता स्टोक्सले न्युजिल्यान्डसँग तेस्रो ओडिआई खेलमा १ सय ८२ रनको सानदार शतकीय इनिङ खेलेका थिए । स्टोक्स विश्वकपमा प्रमुख ब्याटरको रुपमा खेल्नेछन् । उनले बलिङ भने गर्ने छैनन् ।

ओपनर जेसन रोयलाई बाहिर राख्दै ब्रुकलाई मौका दिएको छ । ब्रुकले न्युजिल्यान्डसँग समान चार टि२० र ओडिआई सिरिजमा सानदार प्रदर्शन गरेका थिए । पहिलो पटक एकदिवसीय विश्वकप टोलीमा परेका लिभिङस्टोन विष्फोटक ब्याटर हुन् । उनले स्पिन बलिङ गर्ने गर्दछन् । त्यस्तै एटकिन्सन र रिस टोप्ली तीव्र गतिका बलर हुन् ।

जस बटलर, जोनी बेयरस्टो, जो रुट, बेन स्टोक्स र डेविड मलान जस्ता ब्याटर छन् । अलराउन्डर साम करन, मोईन अली, लिभिङस्टोन हुनेछन् । स्पिनरमा मोईन अली र आदिल राशिद हुनेछन् । यी दुई अनुभवी स्पिनरको प्रदर्शन झनै महत्वपूर्ण हुनेछ । मार्क वुड, क्रिस वोक्स, रिस टोप्ली, गस एटकिन्सन तीव्र गतिका बलर हुन् ।

इंग्ल्यान्डको ब्याटिङ र बलिङ दुबै उत्कृष्ट छ ।इंग्ल्यान्डले अक्टोबर ५ मा न्युजिल्यान्डसँग खेल्दै विश्वकपमा सुरुवात गर्नेछ । २०१९ को विश्वकपको सुपर ओभर पनि टाई भएपछि इंग्ल्यान्डले बढी चौका र छक्का प्रहार गरेको आधारमा विश्वकप जितेको थियो । चोटका कारण २०१९ का विश्वकपका हिरो जोफ्रा आर्चर भने टोलीमा छैनन् ।

इंग्ल्यान्डको टोली :

जस बटलर (कप्तान), मोईन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली, मार्क वुड र क्रिस वोक्स ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.