default_image

2 years ago

September 19, 2023

क्यानले तिरेन खेलाडीको उधारो पारिश्रमिक

954 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट लिग, नेपाल टि२० को काठमाडौं नाइट्सका खेलाडीले लिग खेलेवापत पाउनुपर्ने पारिश्रमिक अझै पूरा नपाएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडी र फिजियोले नेपाल टि२० लिगमा आफूले पाउनु पर्ने बाँकी रकम नपाएको र पटक पटक ताकेता गर्दापनि संघले कुनैपनि जवाफ नदिएको बताएका छन् । मल्लले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई अघिल्लो महिना नै ज्ञानेन्द्रले ध्यानाकर्षण पत्र दिंदै जवाफ दिन आग्रह गरेका थिए । तर १५ दिनको म्यादसहित आफ्नो उधारो पारिश्रमिक पाउने आशामा पत्र पुर्याएका रहेका खेलाडी फेरी एकपटक निराश बनेका छन् ।

नेपाल टि२० लिगमा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्रले सम्पूर्ण खेलाडी तथा फिजियोको तर्फबाट क्यानलाई मेल मार्फत जवाफ दिन पुन: आग्रह समेत गरेका छन् ।

तर क्यानले यसै साता साधारण सभा र चुनावसँगै नयाँ कार्यसमिति गठन गर्दैछ । वर्तमान कार्यसमितिले नै उधारो राखेको रकम खेलाडीले नपाएको अवस्थामा अर्को कार्यसमितिले जिम्मेवारी नलिने डर रहेको छ । यसअघि फुटबलमा पनि एन्फाको नयाँ कार्यसमिति आएपछि थुप्रै पुरस्कार रकम उधारो रहेको छ ।

गत पुषमा नेपाल टि२० लिगमा काठमाडौं नाइट्सका खेलाडीहरु आफ्नो मालिक समेत पहिचना नभएको भन्दै खेल नै नखेल्ने निर्णय गरेका थिए । तर क्यानले यदि काठमाडौं नाइट्सले पैसा नदिए आफूले दिने प्रतिवद्धता गरेको थियो । टोलीका तर्फबाट कप्तान मल्ल तथा क्यानको तर्फबाट तत्कालिन क्यान जनरल म्यानेजर तथा प्रतियोगिता निर्देशक वृतान्त खनाल र तत्कालिन कार्यवाहक सचिव तथा नेपाल टि२० गभर्नीङ काउन्सिल प्रमुख प्रशान्तविक्रम मल्लले प्रतिवद्धतामा हस्ताक्षर गरेका थिए । तर उक्त प्रतिवद्धता अनुसार काठमाडौंका खेलाडीले पाउनु पर्ने सम्पूर्ण रकम अहिले सम्म पाएका छैनन् ।

काठमाडौं नाइट्सका सम्पूर्ण खेलाडी र फिजियो सागर पाण्डेले गत साउन २ गते बाँकी रकम भुक्तानी गर्न १५ दिने निवेदन क्यानलाई पेस गरेका थिए । तर हालसम्म क्यानको तर्फबाट नेपाल टि२० को रकम भुक्तानी बारे कुनै पनि औपचारिक जानकारी नआएको, र पत्रमा भने बमोजिम कुनै पनि कदम अगाडी नबढेको हुँदा यहाँलाई पुनः अवगत गराउन चाहेको ज्ञानेन्द्रले जनाएका छन् । यदि कुनै ठोस निर्णय वा जानकारी प्राप्त नभएमा सोही अनुसार अन्य कदम चाल्न बाध्य हुने कप्तान ज्ञानेन्द्रले क्यानलाई भनेका छन् ।

केहि महिना अघि काठमाडौंका फिजियो सागरले सार्वजनिक रुपमै आफूहरुले एकरुपैयाँ पनि नपाएको बताएका थिए । ‘खेल सकिएपछि केहि खेलाडीले ५० प्रतिशत पारिश्रमिक पाएको अवस्था छ । मैले अहिले सम्म एक रुपैयाँ पाएको छैन । यति सम्मकी खेलको दौरानमा खेलाडीलाई उपचार गराएको बिलको भरपाइ समेत पाएन । क्यानसँग सम्झौता गर्दा छिटो दिने भने पनि मैले कति र कहिले दिने हो अहिले सम्म खोज गरिएको छैन’,उनले लेखेका थिए । त्यसैमा उनले लेखेका थिए,

‘म एउटा श्रमिक हो र पारिश्रमिक पाउने मेरो अधिकार हो। यो अधिकार बाट मलाई बन्चित गराउनु भनेको न्याय र कानुनसंगत होईन। आशा छ यो पोस्ट हजुर सम्म पुग्ने छ र मेरो पारिश्रमिक मलाई मिल्ने छ’, । तर उनले हालसम्म पैसा पाउन सकेका छैनन् ।

नेपाल टि२० लिग गत पुषमा सम्पन्न भएको थियो । फिक्सिङ, पारिश्रमिक, मालिकको पहिचानै नखुल्ने लगायत विभिन्न कारणले निकै विवादित बन्न पुगेको थियो । काठमाडौं र फार वेस्ट युनाइटेडका खेलाडीहरुले हालसम्म पूरा पारिश्रमिक पाउन सकेका छैनन् । यी दुई फ्रेन्चाइज टोलीको मालिक नै सार्वजनिक गरिएको थिएन । नेपाल टि२० लिग विवादकै कारण तत्कालिन कार्यवाहक सचिव प्रशान्त मल्लले पदबाट राजीनामा समेत दिनु परेको थियो ।

क्यानले नेपाल टि२० लिगको आयोजना जिम्मा भारतीय सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन अलुवालिया प्रतियोगिताबीचमै भागेर दिल्ली गएका थिए । क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टि२० लिग आयोजना गर्न ८ वर्षका लागि ३३ करोड रुपैयाँ दिने सम्झौता भएको थियो । तर पहिलो संस्करणमा बिवादै बिवाद भएपछि क्यानले उक्त सम्झौता रद्द गरिसकेको छ । खेलाडीहरुले पुरस्कार रकम समेत पाउन सकेका छैनन् ।

July 9, 2025

मुल्डरको कीर्तिमानी रनमा दक्षिण अफ्रिकालाई सिरिज

एजेन्सी – दक्षिण अफ्रिकाले कप्तान वियान मुल्डरको कीर्तिमानी तेहेरो शतकमा घरेलु टोली जिम्बाब्वेविरुद्धको टेस्ट सिरिज जितेको छ । दोस्रो टेस्टमा मंगलवार इनिङ र २ सय ३६ रनले जित्दै सिरिज दक्षिण अफ्रिकाले सिरिज २-० ले आफ्नो पक्षमा पार्यो । दक्षिण अफ्रिकाले पहिलो इनिङमा ५ विकेट गुमाएर ६ सय २६ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो […]

July 9, 2025

मेन्डिसको शतकमा श्रीलंकालाई सिरिज

एजेन्सी – कुशल मेन्डिसको शतक सहयोगमा श्रीलंकाले पाहुना टोली बंगलादेशविरुद्धको ओडिआई सिरिज जितेको छ । तेस्रो तथा निर्णायक ओडिआईमा ९९ रनको जित निकाल्दै श्रीलंकाले सिरिज २-१ ले आफ्नो पक्षमा पार्यो । पहिलो ओडिआई श्रीलंकाले ७७ रनले र दोस्रो बंगलादेशले १६ रनले जितेको थियो । २ सय ८६ रनको लक्ष्य पछ्याएको बंगलादेश ३९.४ ओभरमा १ सय […]

July 8, 2025

एसिसी यु १६ का सर्वोत्कृष्ट रौनकलाई स्वागतसहित सम्मान

सुमन अधिकारी, बुटवल मलेसियाबाट एसिसी यु १६ स्टन जोन क्रिकेट कप जितेर फर्केको नेपाली युवा टोलीका सदस्य रौनक श्रीवास्तवलाई गृह जिल्ला कपिलवस्तुमा भव्य स्वागतसहित सम्मान गरिएको छ । रौनकलाई जिल्ला क्रिकेट संघ कपिलवस्तुको अगुवाईमा बाजागाजासहित तौलिहवा बजार परिक्रमा गराई स्वागत र सम्मान गरिएको थियो । र्यालीसहित बजार परिक्रमा पछि आयोजित कार्यक्रममा प्रदेश सभासद सुधाकर पाण्डेय, […]

Success

Thank you for your time.