default_image

2 years ago

September 20, 2023

ओमान बहराइनसँग पराजित

2408 views

0 Bookmark

एजेन्सी – कतारमा जारी गल्फ क्रिकेट टि२० च्याम्पियनसिपमा बहराइनले ओमानलाई एक रनले पराजित गरेको छ । जितको लागि १ सय २४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन बनायो ।

ओमानका ओपनर कश्याप प्रजापतिले ५३ बलमा ३ चौकासहित ४९, जतिन्दर सिंहले ३, अकिब इलायसले डक, मोहम्मद नदिमले ७ र आयन खानले २४ रन बनाए । त्यस्तै मेहरान खान ३, रफिउल्लाह १४, नसिम खुशी ११ र सकिल अहमद ५ रनमा आउट भए ।

बहराइनका रिजवान बटले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए । इमरान अनवारले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । बहराइनका इमरान अलीले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाए । हैदर बट २० र जुनैद अजिज १५ रन बनाए ।

ओमानका फयाज बटले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । अकिब इलायसले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

प्रतियोगितामा युएई, कुवेत, कतार, बहराइन, ओमान र साउदी अरेविया छन् । युएई ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । कुवेत २ खेलमा ४ अंकका दोस्रो स्थानमा छ ।

शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । यो प्रतियोगिता आगमी महिना नेपालमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि गल्फ टोलीको तयारी समेत हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.