default_image

2 years ago

September 20, 2023

श्रीलंकाको टोली एसियाली खेलकुदमा कमजोर

3658 views

0 Bookmark

एजेन्सी – टेस्ट टोली श्रीलंकाले यसै सातादेखी चीनमा सुरु हुने १९ औं एसियाली खेलकुदमा कमजोर टोली पठाउने भएको छ । अर्को महिना भारतमा हुने एकदिवसीय विश्वकपको कारण श्रीलंकाले कमजोर टोली पठाएको छ ।

सेहान अर्चाचिगेको कप्तानीमा श्रीलंकाले १५ सदस्य टोली पठाएको छ । एशान बन्डरा र अर्चाचिगे बाहेक अन्य चलेका नाम कम छन् । भारत र पाकिस्तानको तुलनामा निकै कमजोर टोली पठाएको छ ।

श्रीलंकाले सिधैं क्वाटरफाइनल खेल्नेछ । श्रीलंकासँगै भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधैं क्वाटरफाइनल खेल्नेछन् । तीन समूहबाट शीर्ष तीन टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । आठ टोली क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल्नेछन् ।

प्रतियोगिता २३ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म हुनेछ । नेपाल, मंगोलिया र माल्दिभ्स समूह ए मा छन् । नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।

श्रीलंकाको टोली :

लासिथ क्रोसफुल, शेभन ड्यानियल, एशान बन्डरा, सेहान अर्चाचिगे (कप्तान), एहान विक्रामासिंंगे, लाहिरु उडाना (विकेटकिपर), रविन्द्र फ्रेनान्डो, रानिथा लियानारची, नुवान्दु फ्रेनान्डो, सचिथा जयटिका, विजयकान्त व्यास्कान्त, निमेश मिभकुथी, लाहिरु समाराकुन, नुवान थुसारा र इसिथा विजेसन्दरा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.