2 years ago
September 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा पहिलो खेल सिंगापुरसँग खेल्दै सुरुवात गर्ने भएको छ । प्रतियोगिता कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ ।

नेपालले पहिलोे खेल कार्तिक १३ (अक्टोबर ३०) मा सिंगापुरसँग टियु क्रिकेट मैदानमा खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग खेल्नेछ । नेपालले तेस्रो खेल कार्तिक १६ (नोभेम्बर २) मा ओमानसँग खेल्नेछ । नेपालका सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् ।
शीर्ष दुई मा रहने दुबै समूहका टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्नेछन् । एउटा सेमिफाइनल टियु र अर्को मुलपानीमा हुनेछ ।
फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपालले सिंगापुर र ओमानसँगको खेल बिहान ९ बजे खेल्नेछ । मलेसियासँगको खेल दिउँसो १ : १५ मा सुरु हुनेछ ।
समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने ए टोली आउनेछन् ।
एसिया क्षेत्र छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया क्षेत्र ए आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदैछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]