default_image

2 years ago

September 20, 2023

क्यान निर्वाचन – झापाको प्रतिनिधि छनोट विवादमा

1356 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

नेपाल क्रिकेट संघ (क्यान) को आसन्न केन्द्रीय कार्यसमिति चुनावका लागि प्रतिनिधि पठाउने विषयमा झापामा विवाद उत्पन्न भएको छ । हरेक जिल्लाबाट एक जना केन्द्रीय प्रतिनिधि चयन गर्नुपर्ने प्रावधान छ ।

केन्द्रीय प्रतिनिधिका लागि झापामा दुईजना आकंक्षी देखिएपछि विवाद भएको हो । झापाबाट केन्द्रमा प्रतिनिधि जान कार्यसमितिका सचिव लाक्पा लामा र सदस्य मनोज कटवाल आकांक्षी थिए । दुबैजना पछि नहटेपछि कार्यसमितिमा चुनाव नै भएको थियो ।

झापाको १५ सदस्यीय कार्यसमितिमा भएको चुनावमा कटुवालले पक्षमा १३ र लामाको पक्षमा २ म प्राप्त भएको थियो । तर, अध्यक्ष प्रविन थापा र सचिव लामाले एकपक्षीय ढंगले निर्णय गर्दै लामालाई केन्द्रीय प्रतिनिधि पठाउने पत्र क्यानमा पठाएको पाइएको छ ।

कटवालका अनुसार भदौ २२ गतेको बैठकको उपस्थितिमा हस्ताक्षर गराएर सचिव लामाले निर्णय आफूखुसी लेखेका हुन् । अन्य पदाधिकारी र सदस्यले माइन्युट हेर्न माग गर्दा लामाले नदिएकोमा उनीहरुले आपत्ति जनाएका छन् ।

बहुमत सदस्यहरुले लामााले माइन्युट कब्जा गरेर लुकाएको आरोप लगाएका छन् । क्यानको केन्द्रीय कार्यसमितिका लागि असोज ५ र ६ गते निर्वाचन काठमाडौंमा हुँदैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.