2 years ago
September 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीको राइट क्लाभिकल फ्राक्चर (ब्यूटिबोन) को शल्यक्रिया सफल भएको छ । ललितको आज बिहान ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालमा उनको शल्यक्रिया सफल भएको हो । चिकित्सक अमित जोशीको टोलीले ललितको शल्यक्रिया सफल रुपमा सम्पन्न गराएका छन् ।

ललित ६ देखी १२ हप्ता मैदान बाहिर रहनु पर्ने हुन्छ । ललितले अर्को साता देखी चीनमा हुने १९ औ एसियाली खेलकुद गुमाउने पक्का भएको छ । कार्तिक १३ देखी २० (अक्टोबर ३० देखी नोभेम्बर ६ ) सम्म टियु र मुलपानीमा हुने आइसिसी टि२० विश्वकप छनोट पनि गुमाउने उच्च सम्भावना छ । यद्यपी क्यानले विश्वकप छनोटसम्म फर्काउन प्रयास गर्ने जनाएको छ ।
‘ललितको शल्यक्रिया सफल भएको छ । अव उनको रिकभरमा भरपर्नेछ । हामीले विश्वकप छनोटसम्म फर्काउने प्रयास गरेका छौं’, क्यानका चिकित्सक अभिषेक सिंहले भने । ।
बुधबार टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा उनी घाइते भएका थिए । ललितले २० महिनापछि पुन शल्यक्रिया गर्नु परेको हो । ललितले सन् २०२२ जनवरीा बी एन्ड बी अस्पतालमा बायाँ खुट्टाको घुँडामा शल्यक्रिया गर्नु परेको थियो । त्यति बेलापनि ललितको शल्यक्रिया अमित जोशीले नै गरेका थिए ।
पछिल्लो समय नेपाली क्रिकेट टोलीबाट ललितले सानदार प्रदर्शन गरेका थिए । नेपाललाई ओडिआई मान्यता निरन्तरता गराउन र एसिया कपमा पुयाउन उनको योगदान निकै महत्वपूर्ण थियो । ललित नहुँदा नेपालको बलिङ आक्रामणमा ठूलो असर पर्नसक्छ । गत मार्चमा युएईलाई लिग २ को महत्वपूर्ण खेलमा ७१ रनमा अल आउट गर्न उनले एक्लै पाँच विकेट लिएका थिए ।
एसिसी प्रिमियर कपको फाइनलमा नेपाललाई उपाधि जिताउन ललितले ४ विकेट लिएपछि युएई १ सय १७ रन मै अल आउट भएको थियो । आइसिसी विश्वकप छनोटमा टेस्ट टोली जिम्बावे र वेस्टइन्डिजविरुद्ध पनि ललितले त्यतिनै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
त्यस्तै एसिया कपमा भारत र पाकिस्तानविरुद्ध ललितको प्रदर्शन त्यतिनै प्रभावशाली रहेको थियो । ललितले २३ ओडिआईमा २८ र १२ टि२० आईमा १० विकेट लिएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]