default_image

2 years ago

September 21, 2023

विश्वकप अघि दक्षिण अफ्रिकालाई ठूलो झड्का

2505 views

0 Bookmark

एजेन्सी – तीन सातापछि भारतमा हुने एकदिवसीय विश्वकप अघि दक्षिण अफ्रिकालाई ठूलो झड्का लागेको छ । दक्षिण अफ्रिकाका दुई प्रमुख तीव्र गतिका बलर एनरिच नोर्किया र सिसान्डा मगलाले चोटका कारण विश्वकप गुमाउने भएका छन् । नोर्किया ब्याक इन्जुरी र मगला घुँडाको चोटका कारण विश्वकप गुमाउने दक्षिण अफ्रिका क्रिकेट बोर्डले जनाएको छ ।

नोर्किया वर्तमान समयमा दक्षिण अफ्रिकाका सबैभन्दा बढी गतीमा बलिङ गर्ने बलर हुन् । प्रतिघण्टा १ सय ५७ किलोमिटरको गतीमा उनले बलिङ गर्ने क्षमता राख्छन् ।

उनले आफ्नो गतीमार्फत विपक्षी ब्याटरलाई दबाबमा राख्न सक्ने खुबी राख्थे । तर उनी हुने छैनन् । दक्षिण अफ्रिकाले यी दुई बलरको स्थानमा एन्डिल फेहलुकवयो र लिजाड विलियम्सलाई टोलीमा बोलाएको छ । एन्डिल तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

दक्षिण अफ्रिका विश्वकप टोलीमा लिजाड, कागिसो रबाडा, लुन्गी एनगिडी, एन्डिल, मार्को यानसन र जेराल्ड कोट्जी तीव्र गतिका बलरको रुपमा छन् । दक्षिण अफ्रिकाले विश्वकपमा कागिसो रबाडा, मार्को यानसन र जेराल्ड कोट्जीलाई पहिलो रोजाईमा खेलाउने सम्भावना देखिन्छ ।

दक्षिण अफ्रिकाले २९ सेप्टेम्बरमा अफगानिस्तान र २ अक्टोबरमा न्युजिल्यान्डसँग वार्मअप खेल खेल्नेछ । अक्टोबर ७ मा दिल्लीमा रहेको अरुण जेट्ली स्टेडियम दिल्लीमा श्रीलंकासँग खेल्दै दक्षिण अफ्रिकाले विश्वकपमा सुरुवात गर्नेछ । यो विश्वकपपछि दक्षिण अफ्रिकी विकेटकिपर क्विन्टन डि ककले ओडिआईबाट सन्न्यास लिनेछन् ।

दक्षिण अफ्रिकाको टोली :

टेम्बा बभुमा (कप्तान), गेराल्ड कोट्जी, क्विन्टन डिकक, रिजा हेन्ड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, लिजाड विलियम्स, केशव महाराज, एडेन माक्रमर, डेविड मिलर, लुन्गी एनगिडी, एन्डिल फेहलुकवयो, कागिसो रबाडा, तबरेज शाम्सी र रास्सी भान डर डुसेन ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.