default_image

2 years ago

September 21, 2023

तीन राष्ट्रिय क्रिकेटरलाई डिसिएको सम्मान

960 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला टि–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपाललाईं सेमिफाइनलसम्म पुर्याउँन महत्वपूर्ण भुमिका निर्वाह गरेका तीन महिला क्रिकेटर गृहनगर धनगढीमा सम्मानित भएका छन् ।

धनगढी क्रिकेट एकेडेमी(डिसिए)ले नेपाली टोलीमा रहेका धनगढीका कविता कुँवर, इश्वरी विष्ट र रुवि पौदारलाई बिहीबार सम्मान गरेको हो । ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाईं सम्मानपत्र र मायाँको चिनोसहित सम्मान गरे ।

सम्मानग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डिसिएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुसी लागेको बताइन् ।

मुख्य अतिथि अन्ड्रुले राष्ट्रिय खेलाडीहरु देशको गहना भएको र खेलाडीलाई सम्मान गरेकोमा डिसिएलाई धन्यवाद ज्ञापन गरे । गत हप्ता भएको प्रतियोगितामा थाईल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो ।
डिसिएले अन्तर्राष्ट्रिय खेलाडीहरुलाईं शतप्रतिशत निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ । साथै सबै महिला खेलाडीहरु निशुल्क प्रशिक्षणको व्यवस्था छ ।

डिसिएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरु प्रशिक्षणरत् छन् । डिसिएले महिला खेलाडीको विकासका लागि प्रिसेस कप क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आएको छ । सम्मान कार्यक्रममा डिसिएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपानले लगायतको उपस्थिति थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.