default_image

2 years ago

September 22, 2023

क्यान चुनाव : को कुन पदमा लड्दैछन् ?

3064 views

0 Bookmark

भूपेन्द्र जि.सी,काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधरण सभा तथा विशेष अधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनमा चतुरबहादुर चन्दलाई अध्यक्ष पदमा राख्दै पूर्वकप्तान पारस खड्का सचिव पदमा लड्ने तयारी छ ।

समिकरण हेर्दा चन्द अध्यक्षमा निरन्तर उठ्दा उनले खड्कालाई सचिवसहित सबैलाई समावेश गरेर प्यानल नै खडा गर्दैछन् ।

‘सचिवमा उठ्ने तयारीमा छु । कसरी अघि बढ्ने भन्नेमा आज फेरि छलफल गर्दैछौं, उनले भने, समूह नै बनाएर लड्ने भन्ने त होइन । परिस्थति कस्तो हुन्छ । त्यसकै आधारमा अघि बढ्ने छौं ।’

चन्दको प्यानलमा कोषाध्यक्षमा पूर्व सदस्य पदम बहादुर खड्काको चर्चा छ । सबै पदमा सकेसम्म सर्वसम्मत गराउने प्रयास चन्दले गरेका छन् । तर त्यो सम्भवना कम देखिन्छ ।

कसको छ सम्भावना ?

चन्द र खड्का एउटै प्यानलमा लड्दा जित्न सक्ने सम्भावना बलियो रहेको छ । यदि अन्तिम समयसम्म केही नबदलिए चन्द र खड्काको प्यानलले सबै पदमा क्लिनस्वीप गर्ने सम्भावना छ ।

को हुन्छ विपक्षीमा ?

चन्दसँग अध्यक्षमा बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारी लड्ने चर्चा छ । सचिवमा खड्का र क्यानका पूर्वकेन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा हुने चर्चा छ । वर्तमान कोषाध्यक्ष रोशन सिंहलाई चन्दले उपाध्यक्षमा मनाउने प्रयास गरेका छन् । तर सिंह उक्त पद लिन खासै इच्छुक देखिएका छैनन् ।

सिंहले नमानेको खण्डमा उनी कोषाध्यक्षमा लड्न सक्छन् । वर्तमान कार्यवाहक सचिव दुर्गाराज पाठकलाई सदस्यमा मनाउने प्रयास गरेका छन् । कर्णालीबाट सदस्यमा श्रीधर केसी, लुम्बिनीबाट प्रदिप मजगैया र सुदूपश्चिमबाट विक्रम विष्ट केन्द्र सदस्यमा चन्द प्यानलबाट उठ्ने सम्भावना छ। अन्य प्रदेशमा टुङ्गो लाग्न बाँकी छ ।

चन्द प्यानलको बलियो पकड

क्यान चुनावमा जिल्ला, प्रदेश, केन्द्रिय कार्यसमिति, नेपाल प्रशिक्षक संघ र स्कोर संघ गरि कुल ८६ मत रहन्छ । प्रमुख पद जित्न ४४ मत चाहिन्छ । चन्द र खड्काको तालमेलसँगै स्पष्ट बहुमत देखिन्छ । मधेश प्रदेश बाहेक अन्य सबैले चन्द प्यानललाई मतदान गर्ने सम्भावना छ । सिंह उपाध्यक्षमा मानेको खण्डमा सर्वसम्मतको सम्भावना रहन्छ ।

यदि खड्का र मल्ल लडेको खण्डमा मत केहि विभाजन हुनेछ । तर खड्का चुनाव लड्दा मधेश र लुम्बिनी बाहेक अन्य सबै प्रदेशको साथ रहनेछ । खड्काले मधेशमा तीन र लुम्बिनीमा चार मत चुनाव लड्दा पनि पाउने सम्भावना छ । चन्द प्यानलको समूहले ६० देखी ६५ मत ल्याउने अनुमान गरिएकोछ ।

बागमतीमा पनि चन्दको खड्कालाई साथ

खड्का काठमाडौं जिल्ला सदस्य हुँदै बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका थिए । खड्काले बागमती प्रदेशको चुनावमा क्यानका कोषाध्यक्ष सिंह निकट उमेश पियालाई २३–१४ मत अन्तरले हराएका हुन् । चन्दले नेपाली क्रिकेट विकास गर्न खड्कालाई साथ दिने भएका हुन् ।

खड्कालाई बागमती प्रदेशको अध्यक्ष पदमा जिताउन चन्दले पनि साथ दिएका थिए । क्यानकै केहि प्रमुख पदाधिकारी भने खड्कालाई बागमती प्रदेशमा हराउन हरप्रायस गरेका थिए । तर चन्दको साथपछि सहजै जितेका थिए ।

खड्काबाट क्रिकेट विकासमा ठूलो आशा

चन्द अन्तिम पटक चुनाव लड्दैछन् । यसपछि उनी बैतडीबाट सांसदकोे चुनावमा लड्ने योजनामा छन् । अन्तिम कार्यकाल उनी विशेष बनाउन चाहन्छन् । यसअघिका दुई कार्यकाल आलोचना बढी खेप्नु पर्यो । नेपाली क्रिकेट टोलीको सफलतासँगै उनको पनि प्रशंसा हुँदै आएको छ । तेस्रो तथा अन्तिम कार्यकालमा उनी नेपाली क्रिकेट विकास गर्ने स्पष्ट मनासय बनाएका छन् । विशेषगरी चन्दले घरेलु क्रिकेट र संरचनामा जोड दिएका छन् ।

वर्तमान अवस्थामा घरेलु क्रिकेट र संरचना शून्य छ । त्यसको मुख्य कारण क्यानका वर्तमान कर्माचारी र पदाधिकारीले काम गर्न नसक्नु हो । नेपाली क्रिकेटले जुन रुपमा सफलता पाएकोछ त्यस अनुसार प्रायोजन ल्याउन सकेको छैन ।

क्यानले चार वर्षको अवधिमा दुई जनरल म्यानेजरलाई पदबाट निकालेको छ । क्रिकेट म्यानेजर विनोद दास अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचनामा फस्दै आएका छन् । घरेलु क्रिकेट गराउनु पर्ने उनी क्रिकेट टोलीको टुरमा हिँडेको भन्दै आलोचना समेत खेप्नुपरेको छ ।

अब नेपाली क्रिकेटलाई अर्को स्तरमा पुर्याउन सक्ने खुबी खड्कामा देखिन्छ । विशेषगरि नेपाली आर्थिक बजारमा खड्काको धेरै राम्रो सम्बन्ध छ । नेपाली क्रिकेटलाई विश्वकप र टेस्ट मान्यता दिलाउने चन्दको सपना खड्काले पूरा गर्ने खुबी देखेपछि उनले साथ दिएका छन् ।

चन्दले नेपाली क्रिकेट विकास गर्न सबैलाई मिलाएर लैजाने बताउँदै आएका थिए । सबै कुरामा पारस प्रभावकारी हुनसक्ने भएपछि चन्दले राम्रो साथ दिएका छन् । समीकरण नबिग्रेको खण्डमा क्यान नेतृत्वमा चन्द र खड्काको सहकार्य हुने पक्का देखिन्छ ।

क्यानको चुनाव भने शनिबार हुनेछ । कार्यकाल चार वर्षको हुनेछ । खड्काले साढे दुई वर्षअघि अप्रत्याशित रुपमा नेपाली क्रिकेटबाट सन्न्यास लिनुको मुख्य कारण नै क्यान नेतृत्वमा आउनु थियो ।

बिहान ९ः४५ बजे सम्पादन गरिएको ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.