2 years ago
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । विनयले हाम्रो खेलकुदसँग कुरा गर्दै वर्तमान अध्यक्ष चतुरबहादुर चन्दकोविरुद्धमा लड्ने घोषणा गरेका छन् ।

‘म क्यानको अध्यक्षमा लड्दैछु । चन्दविरुद्ध रुष्ट साथीहरुले मलाई उठ्नुस भनेका छन् । चन्दको कार्यशैली मन नपरेका २४, २५ जान साथीहरुले मलाई साथ दिनु भएको छ । त्यसैले उठ्दै छु’, उनले हाम्रो खेलकुदसँग भने ।
भण्डारी वर्तमान लुम्बिनी प्रादेशिक क्रिकेट संघको उपाध्क्ष समेत हुन् । बर्दियामा सदस्य, सचिव हुँदै पछिल्लो दुई कार्यकाल अध्यक्षको रुपमा छन् । उनी आइसिसी विश्वकप लिग २ मा गत फागुनमा नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक ओडिआई सिरिजमा क्रिकेट टोलीका म्यानेजरको रुपमा काम गरेका थिए ।
विशेष साधरण सभा र अधिवेशन आजबाट सुरु भएको छ । चुनाव सम्भव त शनिबार हुनेछ । यसअघि नै चतुरबहादुर चन्दले क्यानको अध्यक्षमा लड्ने घोषणा गरेका थिए ।
चन्दले आफू अध्यक्षमा लड्दा पारस खड्का सचिव र पदम खड्कालाई कोषाध्यक्षमा उठाउँदैछन् । क्यान चुनावमा ८६ मत छ । प्रमुख पद जित्न ४४ मत आवश्यक पर्दछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]