2 years ago
September 22, 2023
एजेन्सी – पाकिस्तानले बाबर आजमको कप्तानीमा तीन सातापछि भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । एसिया कपबाट पाकिस्तानले टोलीमा दुई परिवर्तन गरेको छ ।

पाकिस्तानले घाइते नसिम शाहको स्थानमा अर्का तीव्र गतिका बलर हसन अलीलाई मौका दिएको छ । त्यस्तै फहिम अशरफको स्थानमा स्पिनर उस्मा मिरलाई मौका दिएको छ । पाकिस्तानले टोलीमा अन्य परिवर्तन गरेको छैन । पाकिस्तान एसिया कपमा कमजोर प्रदर्शनक साथ सुपर फोरबाटै बाहिरिएको थियो ।
पाकिस्तानलाई विश्वकपमा उपाधि दाबेदार मध्य एक टोली हो । बाबर आजम र मोहम्मद रिजवानको प्रदर्शन पाकिस्तानेका लागि निकै महत्वपूर्ण हुनेछ ।
पाकिस्तानले २९ सेप्टेम्बरमा न्युजिल्यान्ड र ३ अक्टोबरमा अष्ट्रेलियासँग वार्मअप खेल खेल्नेछ । पाकिस्तानले विश्वकपमा ६ अक्टोबरमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । १४ अक्टोबरमा भारतसँग खेल खेल्नेछ ।
पाकिस्तानको टोली :
फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]