default_image

2 years ago

September 22, 2023

झापाले क्यानको चुनावमा भोट हाल्न नपाउने

1233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रतिनिधि विवादसँगै झापा जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय चुनावमा भोट हाल्न नपाउने भएको छ । दुई प्रतिनिधि आएपछि मतअधिकार नै खारेज भएको क्यानका केन्द्रिय सदस्य छुम्बी लामाले जानकारी दिएका छन् । झापाबाट क्यानको साधरण सभा तथा अधिवेशनमा लाम्पा लामा र मनोज कटवाल प्रतिनिधिको रुपमा आएका थिए ।

कटवालले जिल्ला क्रिकेट बोर्डको निर्णय अनुसार आफू आएको जनाएका थिए । लाक्पा लामाले अको निर्णय गर्दै आफू मत हाल्न आएका थिए ।

तर दुई प्रतिनिधि आएपछि क्यानले झापाको मतअधिकार नै खोसेको छ । योसँगै क्यानको केन्द्रिय चुनावमा कुल मत ८५ हुनेछ । क्यानका जिल्ला मान्यता सदस्यता ४५ जिल्लाबाट एक एक प्रतिनिधिले मत हाल्न पाउनेछन् । जसमा झापाको अधिकार खोसिएको हो ।

क्यानको हाल बन्द शत्र सुरु भएको छ । क्यानको चुनाव भने शनिबार हुने पक्कापक्की छ । चतुरबहादुर चन्द पुन अध्यक्षम लड्ने जनाएका छन् । चन्दको प्यानलमा पारस खड्का सचिव, रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षको रुपमा लड्दैछन् । विपक्षीको रुपमा अध्यक्षमा विनयराज भण्डारी र सचिवमा प्रशान्त विक्रम मल्ल लड्ने चर्चा छ ।

क्यानको आर्थिक विवादको कारण बन्द सत्र ढिलो सुरु हुन पुगेको थियो । क्यानका कोषाध्यक्ष रोशनसिंहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा करिव ९ करोड टुङगो लगाउन नसकेपछि बोर्ड बैठकले यसको छिनोफाने छानविन समितिले लगाउने निर्णग गरेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.