2 years ago
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध रुपमा निर्वाचित भएका छन् । अध्यक्ष चन्दसहित चार पदमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा चतुरबहादुर चन्द पुन निर्विरोध रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । उनको विरुद्धमा कुनैपनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनको विरुद्धमा बर्दिया क्रिकेट संघका विनयराज भण्डारी उठ्ने घोषणा गरेका थिए । मनोनयन समयमा उनले प्रस्तावक र समर्थक दुबै नपाएपछि उनी पछि हटेका हुन् । त्यसैको कारण चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।
उपाध्यक्ष रोशन यसअघि कोषाध्यक्षमा थिए । त्यस्तै पदम खड्का कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । चन्द, खड्का र सिंह एउटै प्यानलबाट लडेका थिए । खड्का यसअघि क्यानका केन्द्रिय सदस्य र वर्तमान कर्णाली प्रदेशका अध्यक्ष समेत हुन् । महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएकी छिन् ।
सचिव पदमा चन्द प्यानलबाट पारस खड्का र पूर्वकन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल लड्ने भएका छन् । दुबैले उम्मेद्धवारी दर्ता गरेका छन् । क्यानको चुनावमा कुल ८५ मत छ । प्रमुख पद जित्न ४४ मत आवश्यक पर्दछ । अव प्रमुख पदमा सचिव र सदस्यमा मात्रै निर्वाचन हुने भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]