2 years ago
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा सचिव पद र सदस्यमा निर्वाचन हुने भएको छ । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी र लुम्बिनी प्रदेशबाट प्रदिप मजगैयाँ सर्वसम्मत निर्वाचित भएका छन् । क्यानको निर्वाचनमा १७ सदस्य निर्वाचन हुनेछ ।
जसमा ६ पदमा सर्वसम्मत निर्वाचित भएको छ । अव सचिवसहित कुल ११ पदमा निर्वाचन हुनेछ । पाँच प्रदेशको कोटा र पाँच खुल्ला सदस्यको लागि चुनाव हुनेछ ।
क्यानको सचिवमा पारस खड्का र प्रशान्त मल्लबीच चुनावमा प्रतिस्पर्धा हुने भएको छ । अन्य प्रमुख पदमा सर्वसम्मत भएपनि सचिव पदमा हुन नसकेको हो ।
पारस चन्द प्यानलबाट उठेका हुन् । हरेक प्रदेशबाट एक एक सदस्यले निर्वाचित हुने छन् । जसमा लुम्बिनी र कर्णाली प्रदेशको कोटाबाट सर्वसम्मत निर्वाचित भएका छन् । अन्य प्रदेश र खुल्लाको लागि सदस्यमा निर्वाचन हुनेछ ।


December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]