2 years ago
September 23, 2023
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचनमा पूर्वकप्तान पारस खड्का सचिव पदमा निर्वाचित भएका छन् । पारसले अर्का सचिव पदका प्रत्याशि प्रशान्त मल्ललाई ११ मतले हराउँदै सचिव पदमा जित हात पारेका हुन् । पारसले ४८ मत ल्याउँदा प्रशान्त मल्लले ३७ मत प्राप्त गरे ।

सचिव बाहेक अन्य प्रमुख तीन पदमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै महिला सदस्यतर्फ जयन्ती देवी भट्ट सर्वसम्मत रुपमा निर्वाचित भएकी थिइन् । सात प्रदेश कोटा सदस्यमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केरी सर्वसम्मत रुपमा निर्वाचित भएका थिए ।
प्रदेश कोटामा कोशीबाट अर्जुन पौडेल ४७ मतका साथ विजयी भए । अर्का प्रतिस्पर्धी सुनिल कुमार पौडेल २० मत ल्याउँदै कोशीको सदस्यमा पराजित भए । मधेश प्रदेशमा दाउद अन्सारी र माधव कर्माचार्यले समान ४२ मत लिएका थिए । गोलप्रथाबाट माधव विजयी भएका थिए । त्यस्तै बागमती प्रदेशको कोटाबाट दिवाकर घले ४६ मतका साथ विजयी भए । उनका अर्का प्रत्याशि सुदीप पियाले ३६ मत लिए ।
गण्डकी प्रदेशको कोटाबाट सुदीप शर्मा ५२ मतका साथ विजयी भए । देब्रेन्द्र प्रजु २८ मतका साथ पराजित भए । सुदूरपश्मिच प्रदेशको कोटाबाट विक्रम विष्ट ४९ मतका साथ विजयी हुँदा हिरा रेग्मी ३१ मतका साथ पराजित भए ।
खुल्लातर्फ सदस्यमा धिरेन्द्र साउद ६९, विरेन्द्र ३४, दुर्गाराज पाठक ५४ मत र आयुष श्रेष्ठ ५१ मतका साथ विजयी भए । खुल्लातर्फ करण महत्रा क्षेत्री र ऋषिराम गौतमले समान २६ मत ल्याएका थिए । गोलप्रथाबाट करण विजयी भएका छन् ।
-राती १०ः१५ बजे सम्पादन गरिएको ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]