2 years ago
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने १९ औं एसियाली खेलकुद खेल्न आइतबार टोलीसँगै नजाने भएका छन् । पछिल्लो एक वर्षदेखी अदालतमा एक १७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपको मुद्धा खेपेका सन्दीपको आइतबार पेशी परेकोछ ।

नेपाली क्रिकेट टोली आइतबार दिउँसो १२ बजे चीनतर्फ प्रस्थान गर्दैछ । तर सन्दीप टोलीसँग नजाने स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ ।
सन्दीपको आइतबार पेशी परेको कारण सोमबार जाने भएका छन् । नेपालले घाइते स्पिनर ललितनारायण राजवंशीको स्थानमा सागर ढकाललाई टोलीमा समेटेको छ । एसियाली खेलकुदमा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
नेपाल शीर्षस्थानमा पुग्न सके क्वाटरफाइनल खेल्नेछ । क्वाटरफाइनलमा पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै पुगेका छन् । तीन समूहबाट शीर्ष तीन टोली क्वाटरफाइनलमा पुग्नेछन् । १९ औं एसियाली खेलकुदमा नेपाललाई पदक विजेताको दाबेदारको रुपमा समेत हेरिएको छ । खेल टि२० शैलीमा हुनेछ ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]