2 years ago
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित भएपछि पूर्वकप्तान पारस खड्काले जिल्ला र प्रदेश संरचना फेरबदल अति आवश्यक रहेको बताएका छन् ।

‘आगमी दिनमा हामी साँच्चिकै नेपाली क्रिकेट अघि बढेको हेर्न चाहन्छौं भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल सरकारको ठूलो भूमिका रहन्छ । सरकारले गर्नुपर्ने दायित्व एक ठाउँमा छ । क्यानले आफ्नो कार्यविधी कसरी बलियो बनाउने र जिल्ला र प्रदेशका सबै साथीहरु भोट हाल्न आउनु भयो । अब भोटको खेती मात्रै नहोस्’, पारसले सचिव पदमा जितेपछि भने ।
त्यसैमा पारसले थपे, ‘साँच्चिकै नेपाली क्रिकेटलाई विकास गर्न चाहन्छौं भने आफ्नो जिल्ला र प्रदेशलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ । केन्द्रमा राम्रो टिमलाई जिल्ला र प्रदेशले राम्रो सहयोग गर्नसक्छ भने नेपाली क्रिकेटको त्यो नयाँ सुरुवात हुनेछ ।’
अर्को बैठकबाटै पारसले आफ्नो काम देख्न सक्ने बताए । ‘हामी अर्को बोर्ड बैठकबाट कामको सुरुवात गर्नेछौं । महत्वपूर्ण धैर्यता राख्नुपर्ने हुन्छ । आज नेपाली क्रिकेट टोलीले राम्रो गर्दा क्यानको वाहवाही नभई गाली खाने अवस्था छ । हाम्रो अहिलेको मुल्याङ्कन जित र हारले हुनु भएन,’पारसले भने,’मैले पहिला पनि ओडिआई मान्यता हाम्रो लागि एउटा लाइसेन्स हो । त्यो हामीले चार वर्षको लागि पाएका छौं । कुनै दिन नेपाल टेस्ट मान्यता बन्छ वा बन्न चाहन्छ भने जिल्ला र प्रदेशको संरचनामा फेरबदल आउनुपर्छ।’

त्यसैमा उनले थपे, ‘प्रदेश भन्दा पनि केन्द्रको ठूलो भूमिका छ । धेरै जसो साथीहरु केन्द्रमा निर्भर हुनुहुन्छ । तर भोली गएर केन्द्रमा आर्थिक बृद्धि बढेको खण्डमा जिल्ला र प्रदेशमा आर्थिक अनुदान बढाउने हो भने त्यसले नयाँ सुरुवात हुन्छ ।’
‘नेपाल प्रिमियर लिग हामी आयोजना गर्न सक्छौं । नेपाल प्रिमियर लिग आर्थिक आम्दानी गर्ने ठूलो आधार हुनसक्छ । तर अहिलेको हाम्रो प्राथमिकता ग्रासरुट क्रिकेट नै हो । ग्रास रुट बलियो बनाउन पहिला राम्रो प्रतियोगिता आयोजना गर्ने । त्यसपछि हामी डे क्रिकेट आयोजना गरेर जिल्ला स्कुल र कलेज क्रिकेट गर्न सक्यौ भने तथा जिल्ला र प्रदेशबीच एकअर्काबीच क्रिकेट वातावरण बनाउन सक्यौ भने अर्को स्तरमा पुग्न धेरै खेलाडी आउन सक्छन्’, पारसले भने ।
पारसले अबको मुख्य प्राथमिकता विश्वकप बताएका छन् । ‘अबको मुख्य प्राथमिकता नेपालमै आयोजना हुन लागेको विश्वकप छनोटबाट विश्वकपमा पुग्न पर्यो । प्रतियोगिता आयोजना पहिलो प्राथमिकता छ । त्यसपछि जिल्ला र प्रदेशको संरचनामा एकदमै ध्यान दिनुपर्ने आवश्यक छ । जिल्ला र प्रदेशलाई बलियो बनाउनु पर्छ । स्थानीय सरकार, आफ्नो ठाउँ कसरी बलियो बनाउन भन्ने मान्छे एक हुने हो भने पक्कै पनि यो भन्दा माथि पुग्न सकिन्छ’, उनले भने ।
पारसले सचिव पदमा प्रशान्त मल्ललाई ११ मतले हराउँदै निर्वाचित भएका हुन् । कुल ८५ मतबाट पारसले ४८ र मल्लले ३७ मत ल्याएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]