default_image

2 years ago

September 24, 2023

ओमानलाई गल्फ टि२० च्याम्पियनसिपको उपाधि

6011 views

0 Bookmark

एजेन्सी – कप्तान अकिब इलियासको अलराउन्ड प्रदर्शनमा ओमानले गल्फ क्रिकेट टि२० आई च्याम्पियनसिपको फाइनलमा युएईलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ ।

जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान अकिब इलियासले ३३ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै आयन खान ३८ बलमा ४ चौकासहित ५३ रनमा नटआउट रहे ।

शोएब खान २१ बलमा १ चौका र १ छक्कासहित २२ रनमा आउट भए । युएईका मोहम्मद जवादुल्लाह र जहुर खानले समान दुई विकेट लिए ।

त्यसअघि दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । युएईका कप्तान मोहम्मद वासिमले ३१ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

आसिफ खान ३३ बलमा १ चौका र ३ छक्कासहित ३८, अर्यांश शर्मा १० र वृत्य अरविन्द ४ रनमा आउट भए । बासिल हामिद २३ बलमा १ चौका र ३ छक्कासहित ३६ रनमा नटआउट रहे । अली नासिर १० बलमा १ चौका र २ छक्कासहित २० रनमा नटआउट रहे ।

ओमानका बिलाल खान र अकिब इलियासले समान दुई विकेट लिए । प्रतियोगितामा गल्फका ६ टोलीबीच प्रतिस्पर्धा भएको । नेपालमा अर्को महिना हुने टि२० विश्वकप छनोट अघि उक्त प्रतियोगिता तयारीको लागि गरेका हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.