default_image

2 years ago

September 24, 2023

सरकारले क्रिकेट खेलाडीलाई पुरस्कार अझै दिएन

588 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सरकारले नेपाली क्रिकेट खेलाडीलाई दिने विभिन्न पुरस्कार रकम अझैसम्म दिएको छैन । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले १९ औं एसियाली खेलकुद खेल्न आइतबार चीन जानुअघि सम्म पुरस्कार रकम नपाएको बताएका छन् ।

‘पैसा अहिले सम्म आएको छैन । आशा गरौं । भनेको त धेरै भइसक्यो । हेरौं अव कहिले आउँछ । धेरै पटक भनि सक्यौं । आउनेमा आशाबादी छौं’, उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९ दिन अघि खेलाडीको खातामा अर्को दिनदेखीनै जाने बताएका थिए । तर खेलाडीको खातामा हालसम्म पैसा आएको छैन । सरकारले एसिसी प्रिमियर कपको उपाधि जित्दा जनही ६ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

त्यसअघि आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा दुई र तीन लाख दिने घोषणा गरेको थियो । प्रचण्डले नै सामाजिक सञ्जालबाट घोषणा गरेका थिए । फागुन र वैशाखमा घोषणा गरेको उक्त रकम क्रिकेट खेलाडीले पाउन नसकेका हुन् ।

क्रिकेट टोली आज दिउँसो साढे १२ बजे चीन प्रस्थान गरेको छ । स्पिनर सन्दीप लामिछाने भने बलात्कार मुद्धाको पेशी परेको कारण सोमबार मात्रै जानेछन् । एसियाली खेलकुदमा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

नेपाल शीर्षस्थानमा पुग्न सके क्वाटरफाइनल खेल्नेछ । क्वाटरफाइनलमा पाकिस्तान, भारत, बंगलादेश, श्रीलंका र अफगानिस्तान सोझै पुगेका छन् । तीन समूहबाट शीर्ष तीन टोली क्वाटरफाइनलमा पुग्नेछन् । १९ औं एसियाली खेलकुदमा नेपाललाई पदक विजेताको दाबेदारको रुपमा समेत हेरिएको छ । खेल टि२० शैलीमा हुनेछ ।

नेपालको टोली :

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि।सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.