2 years ago
September 24, 2023
एजेन्सी – ओपनर शुभमन गिल र श्रेयस ऐरको शतकको सहयोगमा भारतले दोस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई ४ सय रनको विशाल लक्ष्य दिएको छ । इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनायो ।

भारतका श्रेयस ऐरले ९० बलमा ११ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । चोटबाट फर्किएका उनले शतकका साथ विश्वकपमा सुरुवाती रोजाईमा आफ्नो स्थान बलियो बनाएका छन् ।
गिल ९७ बलमा ६ चौका र ४ छक्कासहित १ सय ४ रनमा आउट भए । दोस्रो विकेटका लागि गिल र ऐरले १ सय ६४ बलमा २ सय रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
कप्तान लोकेश राहुलले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५२ रन बनाए । ईशान किशन पनि १८ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा आउट हुन पुगे ।
तल्लोक्रममा सूर्यकुमार यादवले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७२ रनको विष्फोटक इनिङ खेलेपछि विशाल योगफल बनाएको हो ।
अष्ट्रेलियाका क्यामरन ग्रीनले १० ओभरमा १ सय ३ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले १० ओभरमा ६२ रन खर्चेर १ विकेट लिए । शन एबोटले १० ओभरमा ९१ रन खर्चेर १ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । तीन खेलको सिरिजमा भारत १-० ले अघि छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]