default_image

2 years ago

September 24, 2023

क्रिकेट राजनीतिमा पारसको अद्भूत उडान

1420 views

0 Bookmark

भूपेन्द्र जि.सी, काठमाडौं

नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले २०७८ साउन १९ गते अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे । ३३ बर्षकै उमेरमा सन्न्यास घोषणा गर्दा उनका समर्थकले मात्र होइन समग्र विश्व क्रिकेट जगत नै आश्चर्यमा परेको थियो । उनको सन्न्यासमा धेरैले आ–आफ्नो धारणा पनि राखेका थिए ।

तर पारसले सन्न्यास लिनुको मुख्य कारण नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमा आउनु थियो । सन्न्यासकै समयमा उनले अब व्यवस्थापनमा बसेर काम गर्ने इच्छा छ भनेर प्रष्ट पारेका थिए । क्यानको विधान अनुसार कुनैपनि क्रिकेट खेलाडी चुनावमा आउन सन्न्यास लिएको दुई वर्ष पुगेको हुनुपर्छ । त्यसैको कारण पारसले क्रिकेट छाड्ने निर्णय बाध्यताले लिएका थिए ।

उनले अब खेलेर भन्दा क्यानमा गएर बढी परिवर्तन गर्ने सोच बनाएका थिए । क्रिकेट विकासको लागि निरन्तर आवाज उठाउँदा वाक्कदिक्क भएर नै उनले खेल्न छाड्नु परेको थियो । सायद असल नेतृत्व क्यानमा भएको भए अहिले पारस मैदानमा खेलाडीकै रुपमा मैदानमा हुन सक्थे ।

त्यो समय क्रिकेटका पण्डितहरु पारस जिल्ला पनि जित्न नसक्ने विश्लेषण गर्थे । तर सन्न्यास लिएको २ वर्ष भन्दा केहि बढी समयमा नै पारसले क्यान नेतृत्वमा आउने सपना साकार पारे । त्यसको प्रमुख कारण कुशल नेतृत्व क्षमता नै हो भने उनलाई नेतृत्वमा पुर्याउनेमा क्रिकेटका अन्य स्टेक होल्डरको पनि उत्तिकै साथ छ ।

शनिबार क्यानको केन्द्रिय चुनावमा सदस्य प्रशान्त विक्रम मल्ललाई ११ मतले हराउँदै पारस सचिव पदमा आए । डेढ दशक सक्रिय रुपमा खेलाडीको जीवन बिताएका उनले नयाँ सुरुवात गरेका छन् ।

वर्तमान क्यानको विधान, जिल्ला र प्रदेश संरचनाबाट सचिव पदमा नियुक्त हुनु एक खेलाडीको लागि सामान्य उपलब्धी होइन । पारसले क्रिकेट मेदान बाहिरको राजनीतिमा पनि ठूलो छलाङ मारेका छन् ।

चन्दको साथ र बाग्मतीबाट सुरुवात

चुनाव र राजनीतिमा केहि भर हुँदैन । पारस सचिव हुनुमा क्यान अध्यक्ष चतुरबहादुर चन्दसँगको तालमेल पनि निकै महत्वपूर्ण रह्यो । अघिल्लो पटक चन्द अध्यक्षमा निर्वाचत भएलगत्तै राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा गरेका पारसले अन्ततः क्यानको यात्रा तय गर्नका लागि उनकै साथ लिनुपर्यो । त्यसैले पनि होला राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् ।

काठमाडौं जिल्लाको सदस्य निर्विरोध निर्वाचित हुनु पारसलाई कुनै कठिन भएन । तर बाग्मती प्रदेश क्रिकेट संघको चुनाव जित्दै क्यानमा आउने आधार बनाउन धेरै अवरोधहरु पार गर्नु परेको थियो । पारसले सुरुवात देखिनै चन्दसँग तालमेल गरे । क्रिकेटको आन्तरिक राजनीतिका कारणले तालमेल गर्न बाध्य भएका थिए । अन्यथा प्रदेश जित्न नै कठिन थियो ।

बाग्मती प्रदेशमा पारसलाई हराउन अर्को टोलीले हर सम्भव प्रयास गरेको थियो । तर पारसको चतुर दिमाग अघि उनीहरुको केहि लागेन । क्यानका केहि पदाधिकारी र कर्माचारी पारसलाई क्यान नेतृत्वमा आएको र्हेन चाहदैनन् । उनी आउँदा आफ्नो एकलौटी र मनलाग्दीको अन्त्य हुने उनीहरुले बुझेका थिए ।

नाम मात्रै होईन चन्द काममा पनि त्यतिनै चतुर देखिएका छन् । पारसलाई क्यानको नेतृत्वमा ल्याउन सफल भएका छन् । चन्दले भक्तपुर चुनावमा पारस प्यानललाई जिताउन राम्रो साथ दिएको बुझिन्छ ।

पारसलाई क्यानको नेतृत्वमा ल्याउन सफल त्यसैको कारण बाग्मतीका ६ मध्ये ४ जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले साथ दिएपछि पारस प्रदेश अध्यक्ष जित्न सफल भएका थिए । पारसले उमेश पियालाई हराउँदै बागमतीको अध्यक्ष जितेका थिए । कुल ३७ मतमा पारसले २३ र उमेशले १४ मत प्राप्त गरे । नुवाकोट र चितवनले भने पारसलाई साथ दिएन ।

विश्वात घातको डर

चन्दले नेपाली क्रिकेटलाई अर्को स्तरमा पुयाउने सम्भावना पारसमा मात्रै देखेका थिए । त्यसैले उनले सबै तिक्तता भुलेर पारसलाई सचिव पदमा साथ दिने निर्णय लिए । किन भने चन्द तेस्रो कार्यकाल आलोचना भन्दा पनि काम गर्न चाहन्छन् ।

चुनावको दिनको दिन अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदमा निर्विरोध भएपछि पारस माथि घात हुने चर्चा सुरु भएको थियो । ४ पदाधिकारी मध्ये सचिवमा मात्र निर्वाचन भएको थियो । त्यसमा पनि मल्लले अध्यक्षमा चन्दलाई साथ दिने तर सचिवमा लड्ने भनेपछि पारस पक्ष घात हुन सक्नेमा सशंकित थियो । पारसलाई मधेश र लुम्बिनी प्रदेशबाट भोट नआउने पक्का थियो । कारण मधेशबाट उपाध्यक्षमा निर्विरोध भएका रोशनबहानुर सिंह र लुम्बिनीका प्रशान्त पारसविरुद्ध थिए ।

पारसलाई चुनाव जित्न सुदूरपश्चिमको मत निर्णायक मानिएको थियो । सुदूरबाट जिल्लामा ८, प्रदेशमा ४ र केन्द्रिय प्रतिनिधि ५ गरि कुल १७ मत थियो । सुदूरपश्चिमबाट पारसले कम्तिमा १० मतको आशा राखेका थिए । त्यो भन्दा २/४ मत तल भएको अवस्थामा हारको डर थियो ।

सुदूरले विश्वात घात गर्ने डर बढेको थियो । समिकरण र चुनावी वातावरणले त्यस्तै दखिन्थ्यो । तर चन्दले साथ छोडेनन् । चुनाव अघि अन्तिम समयमा चन्दले सुदूरका आफ्ना पक्षका प्रतिनिधिलाई एक ठाउँमा राखेर पारसले हारेको खण्डमा त्यहिँ समयमा आफूले राजीनामा गर्ने चेतावनी दिएका थिए । चन्दको साथले सचिव पद यात्रा सहज भएको हो ।

निर्णायक बन्यो कर्णाली

पारसलाई जिताउन कर्णालीको भोट सबैभन्दा बढी निर्णायक मानिएको छ । कर्णालीबाट ९ भोट मध्ये ९ नै पारसलाई गएको बुझिन्छ । जसले गर्दा जित सहज बन्यो । सायद अन्य प्रदेशमा जस्तो कर्णालीबाट मत काटिएको भए पारसले अप्रत्याशित हार व्यहोर्न सक्थे । सायद पारसले कर्णालीको यो गुनलाई भूल्ने छैनन् । सुरुको समिकरणका आधारमा पारस समूहले अनुमान गरेको भन्दा समग्रमा उनलाई १० मत कम खसेको थियो ।

खड्का बनेका थिए चन्द र पारसलाई जोड्ने पुल

चन्द र पारसबीच सम्बन्ध राम्रो थिएन । यी दुईलाई मिलाउने काम कर्णालीका अध्यक्ष पदम खड्काले गरेका थिए । कर्णाली क्रिकेट विकासमा योगदान दिएका उनले पारसलाईसँगै लगेर जानुपर्ने धारणा बनाएका थिए ।

कर्णालीलाई आफ्नो प्रदेश बनाउन र ४ जिल्ला थप्न खड्काको ठूलो भूमिका छ । चन्दले ती नयाँ ४ जिल्लालाई भोट हाल्ने अधिकार दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । चन्द र पारसबीचको सम्बन्ध समुधुर उनले नै सम्भव बनाएका थिए । पदम खड्का भने क्यानको कोषाध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भए ।

पारसको क्रिकेट राजनीतिमा ठूलो छलाङ

नेपाली क्रिकेटको संरचना, घरेलु क्रिकेट मात्रै होईन क्यानको विधान पनि त्यतिनै भद्रगोल छ । विधान त पछिल्लो समय आफ्नो स्वार्थ अनुसार बनाउन खोजिएको छ। अहिलेको विधान र अवस्थाबाट सामान्य खेलाडी केन्द्रसम्म आउन सक्दैन । जिल्लामा क्रिकेट बुझेका भन्दापनि राजनीतिक शक्ति र पहूँच भएका बढी हाबी छन् ।

सामानय अवस्थामा खेलाडीले जिल्लाको चुनाव नै जित्न सक्दैनन् । पूर्व स्टार अलराउन्डर शक्ति गौचन रुपन्देहीमा दुई वर्षअघि हार्नु त्यसको एउटा एक उदाहरण हो । तर पारस मैदान भित्र मात्रै होइन बाहिर पनि त्यतिनै सफल नेतृत्व भूमिका निर्वाह गरे । उनको चलाख दिमाग र कडा मिहिनेतले यो सम्भव भएको छ ।

उनले जिल्लाको चुनाव देखि नै राम्रो तयारी गरेका थिए । बाग्मतीको नुवाकोट बाहेक अन्य हरेक जिल्लामा उनी पुगेका थिए । पारस क्रिकेट खेलाडीको रुपमा मात्रै नभएर नेतृत्व गुण भएका ब्यक्ति हुन् ।

समय र परिस्थिति अनुसार कसरी अघि बढ्नुपर्छ उनलाई राम्रोसँग थाहा छ । त्यसैले उनले धेरै अवरोध र चुनौती पार गरेर सचिव पदमा विजयी भएका हुन् । उनलाई जिताउन सहकर्मी छुम्बी लामाले पनि राम्रै साथ दिएका छन् ।

ठूलो परिवर्तनको आशा

सिनियर टोलीका २० खेलाडी बाहेक अन्य क्रिकेटरमा निराशा मात्रै छ । त्यसको मुख्य कारण घरेलु क्रिकेट नहुनु हो । सिनियर र घरेलु क्रिकेट खेल्ने खेलाडीबीचको दुरी ठूलो छ । त्यो पूर्ति गर्न अव पारसले मात्रै सक्छन् । त्यसैले उनीबाट क्यान र नेपाली क्रिकेटमा ठूलो परिवर्तनको आशा गरिएको छ ।

सिनियर टोली व्यस्त भएपनि घरेलु क्रिकेट खेल्ने खेलाडीको अवस्था दयनीय छ । एक वर्षदेखि कुनैपनि राष्ट्रिय स्तरका घरेलु प्रतियोगिता भएका छैनन् । घरेलु खेल्ने खेलाडी त विदेश पलयान सोच्न थालेक छन् । पुषमा नेपाल टि२० लिग आयोजना भएपनि विवादनै विवाद रह्यो ।

विशेष गरि घरेलु क्रिकेट, डे क्रिकेटको सुरुवात, ग्रास रुट, स्कुल र क्लब क्रिकेट तथा संरचनामा परिवर्तन सबैभन्दा बढी आशा गरिएको छ । आर्थिक बजारमा पारसको राम्रो प्रभाव हुँदा ठूला प्रायोजन ल्याउन सक्ने अपेक्षा गरिएको छ । महिला क्रिकेटमा ठूलो विभेद छ । पारसबाट त्यो अन्त्यको आशा गरिन्छ । काम नगरी तलब मात्रै खाने केहि कर्माचारीलाई पनि पारसले आगमन चुनौती पूर्ण हुनेछ ।

चार बर्षे कार्यकालले उनको अगाडिको यात्रा प्रष्ट पार्नेछ । उनको लक्ष्य क्यानको अध्यक्ष बन्नु हुन सक्छ । भविष्यमा पारसको सोच क्रिकेट नेतृत्वमा मात्र सिमित नहुन सक्छ । आफूलाई कुशल व्यवस्थापक र नेतृत्वकर्ताका रुपमा अभ्याउनका लागि पारसका लागि अबको चार वर्ष चुनौतीपूर्णसँग अवसर पनि हो । पारसको अघि असम्भव त केहि छैन ।नेपालले विश्वकप खेल्ने कल्पना नगर्ने समयमा उनको नेतृतवमा टोलीले टि ट्वान्टी विश्व कप खखेलेको थियो । ओडिआई मान्यता भन्दा मजाक उडाउने समयमा टोलीलाई सक्षम बनाउन नेतृत्व गरेका थिए ।

नेपाललाई डिभिजन ५ देखि ओडिआई मान्यता सम्म पुर्याउन टोलीको सफल नेतृत्व गरे । एकदिवसीय विश्वकप र टेस्ट मान्यता उनले खेलाडी जीवनमा पूरा गर्न सकेनन् । पदाधिकारीका रुपमा त्यो सपना साकार पार्ने ठाँउमा पुगेका छन् । क्रिकेट विकास गर्न कस्तो कदम चाल्नु पर्दछ भन्ने पारसले १५ वर्ष खेलाडी जीवनबाट प्राप्त गरेको अनुभव सहयोगी हुन सक्छ ।

आशा निकै उच्च हुँदा काम गर्न नसके आलोचना र निराशा पनि त्यतिनै भोग्नुपर्छ । पारसले निराश बनाउँदैनन् भन्ने सबैमा विश्वास छ । पारसले त्यो विश्वास तोड्नु हुँदैन । नेपाली क्रिकेटमा सकारात्मक परिवर्तन उनीबाट अपेक्षा गरिएको छ । नेतृत्वमा पुग्ने उनको अहिलेको लक्ष्य पूरा भएको छ । हिजो प्रश्न गर्ने ठाँउमा रहेका पारस जवाफ दिने अवस्थामा पुगेका छन् । उनले क्रिकेटका सबै पक्षको सवालको जवाफ दिने गरि आफूलाई उभ्याउनुपर्नेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.