default_image

2 years ago

September 25, 2023

नेपालसँगको खेलबाट मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्ने

9414 views

0 Bookmark

एजेन्सी – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा पहिलो खेल मंगोलियासँग खेल्दैछ । नेपाल र मंगोलियाबीचको खेल बुधबार बिहान ६ : ४५ मा सुरु हुनेछ ।

नेपालसँगको खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गर्नेछ । २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगोलियालाई एसोसिएट टोलीको मान्यता दिएको थियो । मंगोलियाले हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेको छैन । नेपालले मंगोलियाविरुद्ध थुप्रै विश्व कीर्तिमानहरु बनाउन सक्ने अनुमान गरिएको छ ।

यस्तो छ मंगोलिया क्रिकेट अवस्था

मंगोलियाले २०१४ देखी बच्चाहरुमा क्रिकेट सिकाउन बढी ध्यान दिँदै आएको छ । स्कुल क्रिकेटमा लगानी बढाएको छ । आइसिसीका अनुसार स्कुल क्रिकेट पछिल्लो समय बढेको छ । मंगोलियाको राजधानी उलानबाटरमा ६ प्रान्तबीच क्रिकेट प्रतियोगिता हुँदै आएको छ ।

मंगोलियन फ्रेन्डसिप क्रिकेट ग्राउन्डमा नेशनल पार्कमा २०१६ देखी क्रिकेट हुँदै आएको छ । २०२० देखी ८ टोलीले मंगोलिया नेशनल टि२० लिग प्रतियोगिता खेल्दै आएका छन् । ५० ओभरको तीन खेलको सिरिज पनि हुँदै आएको छ । डिसेम्बर देखी मार्च सम्म इन्डोर र जुन देखी सेप्टेम्बर सम्म मैदानमा खेल हुनेछ ।

महिला टोलीको प्रदर्शन

एसियाली खेलमुदमा मंगोलिया महिला टोलीले दुई खेल खेलेको थियो । इन्डोनएसियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको मंगोलिया १० ओभरमा १५ रनमा अल आउट भएको थियो । हङकङले मंगोलियालाई २ सय २ रन हानेको थियो । उक्त लक्ष्य पछ्याउनेक्रममा १४.३ ओभरमा २२ रन बनाएको थियो ।

नेपालबाट पदकको आशा

समूह ए मा रहेको नेपालले आफ्नो अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुग्न औपचारिकता मात्रै बाँकी देखिन्छ । क्वाटरफाइनलमा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका छन् । विश्वकपको कारण सबै टेस्ट टोलीले आफ्नो दोस्रो रोजाईको टोली पठाएका छन् ।

क्वाटरफाइनलमा समूह ए, बी र सी बाट शीर्ष तीन टोली आउनेछन् । ड्रबाट क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपालले एसियाली क्रिकेटमा पदकको ठूलो अपेक्षा राखेको छ । नेपाली क्रिकेट टोली आइतबार नै चीनतर्फ लागेको छ । सन्दीप भने आइतबार पेशीको कारण सोमबार मात्रै जानेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.