2 years ago
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सेमिफाइनमा पुग्न जित्नै पर्ने निर्णायक खेलमा घरेलु टोली नेपालले साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध पहिलो हाफलमा दुई गोल गरेको छ । पहिलो हाफको समाप्तिमा नेपाल २-० ले अघि छ। खेलमा दुवै टोली १० जनामा सीमित छन्।

नेपालका लागि प्रशान्त लक्सम र समिर तामाङले गोल गरेका हुन् । यस प्रतियोगितामा पहिलो पटक सुरुवात- ११ मा स्थान बनाएका प्रशान्त लक्समले पहिलो गोल गरेका थिए । दोस्रो गोल समीर तामाङले गर्दै अग्रता बढाएका थिए ।
नेपालले १७ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। लक्समले बक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। ३० औं मिनेटमा नेपालको अग्रता दोब्बर भयो। निराजन धामीको थ्रु-पासमा समीर तामाङले गोल गरेका थिए ।
३४ औं मिनेटमा दुवै टोलीका खेलाडीले रातो कार्ड खाएपछि १०-१० जनामा सीमित हुन पुग्यो । माल्दिभ्सका कप्तान मोहम्मद हसन र नेपालका सुजन डंगोल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुवै टोली १० जनामा खेलिरहेका छन् । दोस्रो गोलपछि नेपालका सुजनले माल्दिभ्सका कप्तान हसनलाई अफ बलमा धकलेका थिए । त्यसपछि हसन उठेर जंगिएपछि दुबै खेलाडीले रातो कार्ड खाएका थिए ।

नेपाल सेमिफाइनलमा पुग्न यस खेलमा जित्नै पर्ने हुन्छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १(० गोल अन्तरले पराजित भएको थियो । त्यसैको कारण नेपाललाई सेमिफाइनलमा स्थान बनाउन यो खेल जित्नै पर्ने हुन्छ । उता माल्दिभ्सलाई सेमिफाइनलमा स्थान बनाउन भने बराबरी पर्याप्त हुनेछ ।
समूह ए बाट पाकिस्तान चार अंकका साथ सेमिफाइनलमा स्थान बनाएको छ । माल्दिभ्स १ अंकका साथ दोस्रो र नेपाल अंक बिहीन हुँदै पुछारमा छ । उता समूह बी को अन्तिम खेलमा आज ५ः३० मा भारत र भुटान बीच प्रतिस्पर्धा हुँदैछ दुवै टोलीको तीन अंक रहेको छ । आज जित हासिल गर्ने टोलीले समूह विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्ने छ । हार बेहोर्ने टोली पनि दोस्रो रहँदै सेमिफाइनलमा पुग्ने छ। समूह बी बाट बंगलादेश दुई खेलमा दुई हार सहित समूह चरणबाट बाहिरिसकेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]