2 years ago
September 25, 2023
एजेन्सी – भारतले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट तर्फ स्वर्ण जितेको छ । भारतले फाइनलमा श्रीलंकालाई १९ रनले हराउँदै स्वर्ण जितेको हो ।

जितको लागि १ सय १७ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९७ रन बनायो । श्रीलंकाकी भिष्मी गुनारत्ने २२ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाइन् । त्यस्तै निलक्शी डी सिल्भा २३ र ओशादी रनासिंघे १९ रनमा आउट भइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
भारतकी तीव्र गतिकी बलर तितास सधुले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । राजेश्वरी गायकवाडले दुई विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १६ रन बनाएको थियो । भारतकी ओपनर स्मृति मन्धनाले ४५ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४६ रनको योगदान दिइन् । त्यस्तै जेमिमाह रोड्रिगसले ४० बलमा ५ चौकासहित ४२ रन बनाइन् । श्रीलंकाकी उदीषिका प्रबोधानी, सुगानदिका कुमारी र इनोका रनाविराले समान एक विकेट लिए ।
उता बंगलादेशले पाकिस्तानलाई हराउँदै कास्य जितेको थियो । नेपाली महिला टोली भने एसियाली खेलकुदमा सहभागी थिएन । पुरुष टोलीले भने समूह चरणमा बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]