2 years ago
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्षक्रमका ब्याटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेज अफ म्यानेजमेन्टको पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । नेपालका ओडिआई टोलीका महत्वपूर्ण सदस्य भीमलाई विविए अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने फिनिक्स कलेजले जानकारी दिएको छ ।

कलेजका निर्देशक अविनाश अधिकारीले भीम शार्कीको क्रिकेट प्रतिको समर्पण प्रशंसनीय हुनुको साथै क्षमता र प्रतिवद्धतालाई सम्मान गर्दै यो छात्रवृत्ति मार्फत उनको शैक्षिक यात्रामा सहयोग गर्न पाउँदा गौरवान्वित भएको वताए।
यसअघि फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टिमका खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको थियो।
फिनिक्स कलेज अफ म्यानेजमेन्ट लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी एम.बी.ए तथा वि.वि.ए कार्यक्रम सञ्चालन गर्ने नेपालको पहिलो कलेज हो । नेपालको ओडिआई मान्यता जोगाउन भीमको प्रदर्शन महत्वपूर्ण थियो । आइसिसी विश्वकप लिग २ का अन्तिम १२ खेल मध्य नेपालले ११ जित्दा भीमको प्रदर्शन उत्कृष्ट थियो ।
नेपाललाई एसिसी प्रिमियर कपको उपाधि जिताउँदै एसिया कपमा पुर्याउन भीमले फाइनलमा युएईविरुद्ध महत्वपूर्ण योगदान दिएका थिए । नेपालबाट १८ ओडिआई खेल खेलेका भीमले ३ अर्धशतकसहित कुल ४ सय ५९ रन बनाएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]