2 years ago
September 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तिम फैसला नहुँदा सम्म खेल्न नसक्ने अवस्थामा पुगेको नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उक्त जानकारी हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।

नेपाली क्रिकेट टोली १९ औं एसियाली खेलकुद खेल्न आइतबार चीन प्रथान गरेको छ । सन्दीप आइतबार जिल्ला अदालत काठमाडौंमा पेशी परेको कारण टोलीसँग गएका थिएनन् । सोमबार जाने क्यानले जनाएको थियो । तर सन्दीपले आइतबार राती चन्दलाई खेल्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।
‘सन्दीपको पेशी सरेको सर्यै भयो । सन्दीपले मलाई हिजो राती म खेल्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । मुद्धाको टुङ्गो नलाग्न सम्म खेल्न सक्दिन भनेका छन् । सन्दीप नजाने नै भनेको छ’, चन्दले हाम्रो खेलकुदसँग भने ।
गत वर्ष सन्दीपलाई १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । सन्दीपले ९९ दिन हिसातमा बिताएपछि उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको थियो । गत फागुन देखी सन्दीप नेपाली टोलीमा फर्किएका थिए । त्यसपछि भने सन्दीपको अन्तिम फैसला हुन सकेको छैन । अदालतले विभिन्न बाहनामा पेशी सारेको सायै गर्दै आएको छ ।
चन्दले सन्दीपको स्थानमा अर्को खेलाडी पठाउन नसक्ने अवस्था रहेको बताएका छन् । ‘अव सन्दीपको रिप्लेमेन्ट हुँदैन होला । एक्रिडिटेसन कार्ड पनि छैन । ओलम्पिक संघले सबै खेलाडीको एक्रिडटेसन कार्ड बुझाई सकेको छ । सागर ढकालको अहिले सम्म एक्रिडिटेसन आउन सकेको छैन । त्यसैले सागर जान पाएका छैनन् । हिजो बिदा थियो । आज बिहान सागरले पुन अप्लाई गरेका छन्’, चन्दले भने ।
‘सन्दीपले फैसला हुनसम्म खेल्न सक्दिन भनेको छ । यदि सन्दीपले गल्ती गरेको छ भने जेल हाल्दिनु पर्यो अव । गल्ती गरेको छ भने हामीले बचाउ भनेका छैनौं । सर्वोच्च अद्धालतले तुरुन्त फैसला गर भनेको कुरालाई सात महिनासम्म किन आनाकानी गरेको । क्यानको आग्रह चाँडो भन्दा चाँडो फैसाला गर्दिनु पर्यो । कानुन र प्रमाण अनुसार फैसला गर्दिनु पर्छ’, चन्दले भने ।
नेपालले बुधबार मंगोलियासँग बिहान ६ : ४५ मा खेल्दैछ । सन्दीप मंगलबारसम्म जान नसकेको खण्डमा पहिलो खेल गुमाउने पक्काछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]