default_image

10 months ago

September 26, 2023

श्रीलंकालाई विश्वकप अघि ठूलो झड्का

1437 views

0 Bookmark

एजेन्सी – दुई सातापछि भारतमा हुने एकदिवसीय विश्वकप अघि श्रीलंका क्रिकेटलाई ठूलो झड्का लागेको छ । श्रीलंकाले चोटका कारण आफ्ना प्रमुख दुई बलरलाई बाहिर राख्दै विश्वकप खेल्ने टोली घोषणा गरेको छ ।

श्रीलंकाका प्रमुख स्पिनर वानिन्दु हसरंगा र तीव्र गतिका बलर दुश्मन्था चमिरा श्रीलंकाको विश्वकप टोलीमा छैनन् । दुई प्रमुख बलर नहुँदा श्रीलंकाको बलिङ आक्रामण कमजोर बन्ने देखिएको छ । चामिरा नहुँदा श्रीलंकाले अनुभवी तीव्र गतिका बलर लाहिरु कुमारालाई टोलीमा मौका दिएको छ ।

दासुन शानकाको कप्तानीमा घोषणा टोलीमा कुशल मेन्डिस उपकप्तान छन् । श्रीलंकाले शुक्रबार बंगलादेश र मंगलबार अफगानिस्तानसँग अभ्यास खेल खेल्नेछ । ७ अक्टोबरमा दिल्लीमा दक्षिण अफ्रिकासँग खेल्दै श्रीलंकाले विश्वकपमा सुरुवात गर्नेछ ।

श्रीलंका सन् १९९६ को विश्वकप विजेता टोली हो । त्यसपछि श्रीलंकाले विश्वकप जित्न सकेको छैन । पछिल्लो पटक श्रीलंकाले २०११ को विश्वकप फाइनलमा घरेलु टोली भारतसँग पराजित हुन पुगेको थियो । २०११ यता श्रीलंका सेमिफाइनलमा पुग्न सकेको छैन ।

श्रीलंकाको टोली :

दासुन शानका (कप्तान), कुशल मेन्डिस, कुशल परेरा, पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दासुन हेमन्था, दुनिथ वेलालागे, कसुन रजिथा, मथिसा पाथिराना, लाहिरु कुमारा र दिलशान मदुशानका ।

July 14, 2024

भारतद्वारा जित सहित जिम्बाब्वे भ्रमण अन्त्य

एजेन्सी – लगातार चौथो जित सहित भारतले विश्वकप पछिको पहिलो भ्रमण अन्त्य गरेको छ । पाँच खेलको टि-ट्वान्टी शृंखलाको अन्तिम खेलमा ४२ रनले जिम्बाब्वेलाई हराउँदै ४-१ ले जितेको हो । आईतवार भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.३ ओभरमा १२५ रनमा समेटियो । जिम्बाब्वेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । मारुमानीले र […]

July 13, 2024

सिन्धुपाल्चोकमा क्रिकेट प्रशिक्षक प्रशिक्षण

सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- सिन्धुपाल्चोकका सामुदायिक तथा संस्थागत विधालयका खेल शिक्षकका लागि विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा प्रशिक्षण भएको थियो। ग्रस रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय बाट नै क्रिकेटको सुरूवात गर्नुपर्ने र शिक्षकले त्यसमा महत्वपूर्ण भुमिका रहने भएकोले प्रशिक्षण […]

July 13, 2024

भारतलाई एक खेल अगावै श्रृंखला

एजेन्सी – लगातार तेस्रो खेलमा सफलता निकालेको भारतीय क्रिकेट टोलीले जिम्बाब्वे विरुद्धको टि-ट्वान्टी श्रृंखला एक खेल अगावै जितेको छ । पहिलो खेलमा हार बेहोरेको भारतले लगातार तीन खेल जित्दै शृंखला ३-१ ले जितेको हो । हरारेमा शनिबार भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ५३ रनको लक्ष्य भारतले […]

Success

Thank you for your time.