2 years ago
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता पहिलो खेलमा बुधबार मंगोलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ६ : ४५ मा चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ ।

टि२० आई मान्यता प्राप्त उक्त खेलमा मंगोलियाले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू समेत गर्नेछ । तुलनात्मक रुपमा नेपाल भन्दा मंगोलिया धेरै कमजोर टोली हो । हालसम्म कुनैपनि अन्तर्राष्ट्रिय खेल मंगोलियाले खेलेको छैन । मंगोलिया नेपालबाट जित्न भन्दा पनि सिक्न चाहन्छ । नेपालले क्वाटरफाइनल अघि राम्रो मोमेन्ट बनाउन चाहन्छ । टस जितेको खण्डमा नेपालको लक्ष्य सम्भव त पहिला ब्याटिङ गर्दै रन र विश्व कीर्तिमानको वर्षा गराउने हुनेछ ।
नेपालले ओपनरमा कुशल भुर्तेल र आसिफ शेखलाई निरन्तरता दिनेछ । कुशल आक्रामक र आसिफ लामो इनिङका लागि जानेछन् । पहिला ब्याटिङ गर्दा नेपालको लक्ष्य सुरुवात देखीनै आक्रामक क्रिकेट खेल्ने हुनेछ ।
तेस्रो नम्बरमा नेपालले रोहित पौडेल र कुशल मल्ल मध्य एकलाई खेलाउनेछ । यदि ओपनर पावर प्लेमा आउट भएमा कुशलको सम्भावना छ । त्यसपछि भने रोहित पौडेल खेल्नेछन् । तेस्रो र चौथो नम्बरमा रोहित र कुशल मल्ल खेल्नेछन् ।

नेपालले पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरीलाई खेलाउनेछ । दीपेन्द्रको टि२० आईमा राम्रो इतिहाछ छ । दीपेन्द्रले ४४ टि२० आईमा १ शतक र ५ अर्धशतकसहित कुल ११ सय ३ रन बनाएका छन् । नेपालले छैटौं नम्बरमा विनोद भण्डारीलाई खेलाउनेछ । विनोद एक वर्षपछि टोलीमा फर्किएका छन् । विनोदको भूमिका फिनिसरको हुनेछ ।
नेपालको ब्याटिङमा गहिराई छ । सातौं, आठौं र नबौ नम्बर सम्म सोमपाल कामी, करण केसी र गुलशन झाको सम्भावना छ । करण विष्फोटक हिटर हुन् । उनलाई टि२० शैली अझ सहज हुनसक्छ । नेपाल चार तीव्र गतिको बलिङ विकल्पका साथ मैदान उत्रनेछ ।
डेथ ओभर स्पेलिष्ट अभिनाश बोहरा पनि टोलीको पहिलो रोजाईमा खेल्नेछन् । गुलशन पार्ट टाइम तीव्र गतिका बलरको रुपमा खेल्नेछन् । सोमपाल र करण नेपालका पहिलो रोजाईका बलर हुन् ।
स्पिनर सन्दीप लामिछाने पनि खेल्ने सम्भावना छ । उनी आज राती मात्रै चीन पुग्नेछन् । स्पिन आक्रामणमा दीपेन्द्रले सन्दीपलाई साथ दिनेछन् । तेस्रो पार्टटाइम स्पिनरमा कुशल मल्ल हुनेछन् । आवश्यक परेमा रोहितले कुशल भुर्तेललाई पनि प्रयोग गर्न सक्छन् ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, विनोद भण्डारी (विकेटकिपर), दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]