default_image

2 years ago

September 26, 2023

नेपालले त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गर्ने

6399 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आगामी महिना हुने आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोट अघि तीन देश सम्मिलित त्रिकोणात्मक टि२० आई सिरिज आयोजना गर्ने भएको छ ।

चतुरबहादुर चन्द तेस्रो पटक अध्यक्ष र पारस खड्का सचिव पदमा निर्वाचित भएर आएसँगै मंगलबार बसेको पहिलो बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल, युएई र हङकङबीच असोज ३० देखी कार्तिक ९ गते (अक्टोबर १७ देखी २६) सम्म टियु क्रिकेट मैदानमा आयोजना हुने भएको छ । नेपालले विश्वकप छनोट अघि उक्त तयारी गर्न लागेको हो ।

त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनको आधारमा हुनेछ । अर्थात सबै टोलीले एक अर्कासँग समान दुई खेल खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल टियु क्रिकेट मैदानमा हुनेछ । अन्य सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

नेपालले तेस्रो पटक टि२० आई त्रिकोणात्मक सिरिज आयोजना गरेको हो । यसअघि २०२१ मा नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टि२० आई सिरिज भएको थियो ।

२०२२ मा नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टि२० आई सिरिज भएको थियो । यसअघिका दुबै त्रिकोणात्मक सिरिजको उपाधि नेपालले जितेको थियो ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट विजेता टोली नेपाल आउनेछ । एसिया क्षेत्र छनोट ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् । एसिया क्षेत्र ए आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदैछ ।

शीर्ष दुई मा रहने दुबै समूहका टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्नेछन् । एउटा सेमिफाइनल टियु र अर्को मुलपानीमा हुनेछ । फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुनेछ ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.