2 years ago
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पहिलो पटक राउन्ड रोबिन लिग र डे शैलीमा हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) को मंगलबार बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको छ । पूर्व कप्तान पारस खड्का सचिव पदमा निर्वाचित भएर आएसँगै पहिलो बोर्ड बैठकमै उक्त निर्णय गरेका छन् ।

प्रधानमन्त्री कप ७ प्रदेश र तीन विभागीय टोलीबीच राउन्ड रोविनको आधारमा गर्ने निर्णय गरेको छ । त्यस्तै सेमिफाइनल दुई दिवसीय लिग र फाइनल तीन दिवसीय शैलीमा हुने भएको छ । अर्थात सेमिफाइनलका खेल दुई दिनको हुनेछ । फाइनल तीन दिनको हुनेछ । सेमिफाइनल र फाइनल टेस्ट शैलीमा जस्तै डे क्रिकेट हुनेछ ।
पहिलो पटक क्यानले प्रधानमन्त्री कप लिग र डे मा गर्न लागेको हो । यसअघिका पाँच संस्करणका पिएम कप १० टोलीलाई दुई समूहमा विभाजन गरेर आयोजना हुँदै आएको थियो । सेमिफाइनल हुँदै फाइनल खेल्दै आएका थिए । तर क्यानले छैटौं संस्करण देखी फरक शैलीमा आयोजना गर्नेछ ।
यसअघि एक टोलीले कम्तिमा चार बढीमा ६ खेल मात्रै खेल्न पाउथे । अव एक टोलीले कम्तिमा ९ खेल खेल्न पाउनेछन् । यसअघि पिएमकप दुई सातामा सकिदै आएको थियो । अव एक महिना चल्ने देखिन्छ । प्रदेशका खेलाडीले धेरै म्याचहरु पाउनेछन् ।
प्रधानमन्त्री कप २०१७ देखी सुरु हुँदै आएको छ । २०२१ मा टि२० शैलीमा आयोजना भएको थियो । अन्य सबै ५० ओभरको शैलीमा भएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]