default_image

2 years ago

September 26, 2023

क्यानले नेपाल प्रिमियर लिग आफै आयोजना गर्ने

5343 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग आफैं आयोजना गर्ने भएको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले एनपिएल आगमी वर्ष आफैं आयोजना गर्ने निर्णय गरेको हो ।

शनिबार अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा निर्वाचित भएर आएसँगै सचिव पारस खड्कासहित बसेको पहिलो बोर्ड बैठकले उक्त निर्णय गरेको छ । क्यानले एनपिएप २०२४ मार्च अप्रिलमा आफै आयोजना गर्ने गरि आवश्यक तयारी अगाढि बढाउने निर्णय गरेको छ ।

त्यस्तै अन्य फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिताहरु विदेशी खेलाडी बिना घरेलु लिगमा गर्न दिने निर्णय गरेको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) ले विदेशी खेलाडीसहितको लिग आयोजना गर्न माग गरेको थियो । इपिएलको माग एनपिएल प्रतियोगिता सम्पन्न भएपछि बोर्ड बैठकपछिको छलफलपछि मात्रै आयोजना गर्न दिने निर्णय गरेको छ ।

नेपाल टि२० लिग गत पुषमा सम्पन्न भएको थियो । फिक्सिङ, पारिश्रमिक, मालिकको पहिचानै नखुल्ने लगायत विभिन्न कारणले निकै विवादित बन्न पुगेको थियो ।

काठमाडौं र फार वेस्ट युनाइटेडका खेलाडीहरुले हालसम्म पूरा पारिश्रमिक पाउन सकेका छैनन् । यी दुई फ्रेन्चाइज टोलीको मालिक नै सार्वजनिक गरिएको थिएन ।

क्यानले नेपाल टि२० लिगको आयोजना जिम्मा भारतीय सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन अलुवालिया प्रतियोगिताबीचमै भागेर दिल्ली गएका थिए ।

क्यान र सेभेन थ्री स्पोर्ट्सबीच नेपाल टि२० लिग आयोजना गर्न ८ वर्षका लागि ३३ करोड रुपैयाँ दिने सम्झौता भएको थियो । तर पहिलो संस्करणमा बिवादै बिवाद भएपछि क्यानले उक्त सम्झौता रद्द गरेको थियो ।

आम्दानीको प्रमुख आधार क्यानले ठेक्कामा बेचेको भन्दै चर्को आलोचना खेप्नु परेको थियो । तर अवदेखी भने क्यानले आफैं गर्ने निर्णय गरेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.