2 years ago
September 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ६:४५ मा चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमै सानदार जितका साथ प्रतियोगितामा अघि बढ्न चाहन्छ । नेपालविरुद्ध खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गर्नेछ । अन्तर्राष्ट्रिय डेब्यू गर्दै इतिहास रच्ने मंगोलिया युवा टोली आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । मंगोलियालाई जित र हारको नतिजासँग खासै ध्यानमा राख्ने छैन । नेपालबाट धेरै कुरा सिक्ने सोचमा हुनेछ ।
कमजोर मंगोलियाविरुद्ध नेपाललाई भने विश्व कीर्तिमानको वर्षात गराउने अवसर हुनेछ । तीव्र गतिका बलर अभिनाश बोहरा र विकेटकिपर विनोद भण्डारीले यसै खेलबाट नेपाली टोलीमा पूनरागमन गर्ने सम्भावना छ । टि२० आई मान्यता प्राप्त खेल हुँदा खेलाडी र टोली दुवैलाई वरियता सुधार गर्ने अवसर हुनेछ ।
उता मंगोलियाको खेलबारे नेपाल अनविज्ञ छ । निकै युवा टोलीका साथ मंगोलिया एसियाड खेल्न आएको छ । मंगोलियाको टोलीमा १५ देखी २२ वर्षसम्मका खेलाडी छन् । अधिकाम्स १८ देखी २० वर्षका खेलाडी छन् । युवा खेलाडी ऐतिहासिक खेल खेल्न उत्साहित छन् ।

मंगोलियाका खेलाडी घरेलु टि२० लिग खेल्दै आएका छन् । उक्त लिगमा ८ प्रदेश स्तरका टोलीले खेल्ने गर्दछन् । मंगोलियाको युवा टोलीविरुद्ध नेपालले पहिलो रोजाईका प्रमुख खेलाडीलाई विश्राम दिनसक्छ ।
नेपालले दोस्रो खेल भने आइतबार माल्दिभ्ससँग खेल्नेछ । आइसिसी टि२० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेको कारण माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ ।
नेपालको क्वाटरफाइनल औपचारिकता मात्रै बाँकी देखिन्छ । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाडमा क्रिकेटलाई पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]