2 years ago
September 27, 2023
हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता पहिलो खेलमा मंगोलियामाथि विश्व कीर्तिमानको वर्षा गरायो । पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको मंगोलियालाई नेपालले २ सय ७३ रनले हरायो । उक्त जित अन्तर टि२० क्रिकेट इतिहासकै सबैभन्दा ठूलो हो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । नेपाल टि२० इतिहासमा ३ सय रन कटाउने पहिलो टोली थियो । जितका लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो ।
मंगोलियाका दावासुरेन जम्यानसुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । नेपाली बलिङ सामु दोहोरो अंकमा रन बनाउने उनी एक्लो ब्याटर रहे । पाँच खेलाडीले खाता खोल्न सकेनन् । तर मंगोलियाका पुरै ११ खेलाडीले बनाएको कुल रन भन्दा नेपाली बलरले एक्स्ट्रा (अतिरिक्त) बढी दिन पुगेका थिए ।
मंगोलियाका ब्याटरले कुल १८ रन जोड्न सकेका थिए । बाकी २३ रन नेपाली बलरले एस्क्ट्रा दिएका थिए । नेपालले पाँच रन लेग वाइ, दुई नो बल र १६ वाइड फ्याँलेको थियो ।

नेपालबाट गुलशन झाले ३ ओभरमा १८ रन खर्चिए । गुलशनले ५ वाइड र एक नो बल फ्याँलेका थिए । गुलशन यस खेलमा सर्वाधिक धेरै ६ एक्स्ट्रा फालेका थिए । त्यस्तै सोमपाल कामीले २ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । उनले दिएको ६ रनमा २ वाइड र एक नो बल थियो ।
करण केसीले २ ओभरमा १ मेडनसहित १ रन खर्चेर २ विकेट लिए । करणले उक्त एक रन वाइडको रुपमा दिएका थिए । अभिनाश बोहराले २ ओभरमा १ मेडनसहित २ रन खर्चेर २ विकेट लिए । जसमा एक वाइड सामेल थियो । सन्दीप लामिछानेले २ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र र सन्दीपले एक एक वाइड फ्याँलेका थिए ।
तर रनको वर्षा र विश्व कीर्तिमानले नेपालले दिएको बढी एक्स्ट्रा रन छायाँमा परेको थियो । नेपालले यस कमजोरीलाई आगमी दिनमा सुधार गर्नुपर्ने हुन्छ । नेपालले आइतबार माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्सले आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोटको कारण दोस्रो रोजाईको टोली पठाएको छ । माल्दिभ्सविरुद्ध पनि नेपालले रनको वर्षा गराउन सक्ने अनुमान गरिएको छ ।
यो पनि पढ्नुहोस् : एकै खेलमा नेपालका १० दुर्लभ विश्व कीर्तिमान
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]