2 years ago
September 27, 2023
एजेन्सी – स्टिभ स्मिथसहित चार ब्याटरको अर्धशतकमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतलाई ३ सय ५३ रनको विशाल लक्ष्य दिएको छ । राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनायो ।

अष्ट्रेलियाका ओपनर मिचेल मार्शले ८४ बलमा १३ चौका ३ छक्कासहित सर्वाधिक ९६ रनको योगदान दिए । उनी स्पिनर कुलदीप यादवको बलमा प्रसिद्ध कृष्णाबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।
ओपनर डेविड वार्नर ३४ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । पहिलो विकेटका लागि वार्नर र मार्शले ८.१ ओभरमा ७८ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि मार्श र स्टिभ स्मिथले १ सय ३७ रनको साझेदारी गरेपछि एक समय चार सय रनको सम्भावना देखाएको थियो ।
मार्श आउट हुँदा अष्ट्रेलिया २८ ओभरमा २१५–२ को बलियो अवस्थामा थियो । त्यसपछि स्टिभ स्मिथ ६१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा आउट भए । स्मिथ मोहम्मद शिराजको बलमा एलबीडब्लू आउट भए । त्यसपछि ग्लेन म्याक्सवेल ५, क्यामरन ग्रीन ९ र एलेक्स केरी ११ रनमा आउट भए ।
मार्नस लाबुसेनले ५८ बलमा ९ चौकासहित ७२ रन जोडे । प्याट कमिन्स १९ र मिचेल स्टार्क १ रनमा नटआउट रहे । भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले १० ओभरमा ८१ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ६ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र प्रसिद्ध कृष्णाले समान एक विकेट लिए । तीन खेलको सिरिज भारतले एक खेल अगावै जिति सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]