default_image

2 years ago

September 27, 2023

म्याक्सवेलको उत्कृष्ट बलिङसँगै अष्ट्रेलियाले भारतलाई हरायो

4979 views

0 Bookmark

एजेन्सी – पार्टटाइम स्पिनर ग्लेन म्याक्सवेलको उत्कृष्ट बलिङको सहयोगमा अष्ट्रेलियाले तेस्रो ओडिआई खेलमा भारतलाई ६६ रनले हराएको छ । तीन खेलको सिरिजको उपाधि भने भारतले एक खेल अगावै जितेको थियो ।

जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४९.४ ओभरमा २ सय ८६ रनमा अल आउट भयो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले ५७ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ८१ रन बनाए । रोहित ग्लेन म्याक्सवेलको बलमा कट एन्ड बोल्ड आउट भए ।

विराट कोहली ६१ बलमा ५ चौका र १ छक्कासहित ५६ रनमा आउट भए । श्रेयस ऐर ४३ बलमा १ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । कोहली र ऐर पनि म्याक्सवेलकै बलमा आउट भएका थिए । ओपनर वासिन्टन सुन्दर १८, लोकेश राहुल २६, सूर्यकुमार यादव ८ र रविन्द्र जडेजा ३५ रनमा आउट भए ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले १० ओभरमा ४० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्क, प्याट कमिन्स, क्यामरन ग्रीन र तनविर संघाले समान एक विकेट लिए ।

त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा ओपनर मिचेल मार्शले ८४ बलमा १३ चौका ३ छक्कासहित सर्वाधिक ९६ रनको योगदान दिए ।

ओपनर डेविड वार्नर ३४ बलमा ६ चौका र ४ छक्कासहित ५६ रनमा आउट भए । पहिलो विकेटका लागि वार्नर र मार्शले ८।१ ओभरमा ७८ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि मार्श र स्टिभ स्मिथले १ सय ३७ रनको साझेदारी गरेका थिए ।

स्टिभ स्मिथ ६१ बलमा ८ चौका र १ छक्कासहित ७४ रनमा आउट भए । स्मिथ मोहम्मद शिराजको बलमा एलबीडब्लू आउट भए । त्यसपछि ग्लेन म्याक्सवेल ५, क्यामरन ग्रीन ९ र एलेक्स केरी ११ रनमा आउट भए ।

मार्नस लाबुसेनले ५८ बलमा ९ चौकासहित ७२ रन जोडे । प्याट कमिन्स १९ र मिचेल स्टार्क १ रनमा नटआउट रहे । भारतका तीव्र गतिका बलर जस्प्रित बुमराहले १० ओभरमा ८१ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले ६ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र प्रसिद्ध कृष्णाले समान एक विकेट लिए ।

भारत यसअघि पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९९ रनले विजयी भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.