default_image

2 years ago

September 28, 2023

२४ वर्षकै उमेरमा सन्न्यासको घोषणा

4282 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानका २४ वर्षीय तीव्र गतिका बलर नविन उल हकले ओडिआई क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । अर्को सातादेखी भारतमा सुरु हुने विश्वकपपछि उनले ओडिआई क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएका हुन् ।

उनले २०१६ मा मिरपुरमा बंगलादेशविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । ७ ओडिआई खेलमा उनले १४ विकेट लिएका छन् । २७ टि२० आई खेलमा ३४ विकेट लिएका छन् । टि२० आई खेललाई भने उनले निरन्तरता दिने जनाएका छन् । गत सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) नविनले लखनऊ सुपर जायन्ट्सबाट खेलेका थिए ।

टि२० टोलीमा निययमित अफगानिस्तानको टोलीमा रहेपनि ओडिआईमा मौका पाउन सकेका छैनन् । २०२१ यता उनले कुनैपनि ओडिआई खेल खेलेका छैनन् ।

तरपनि अफगानिस्तानले उनलाई विश्वकप टोलीमा बोलाएको छ । विश्वकप अघि अफगानिस्तानले बिहीबार दक्षिण अफ्रिका र मंगलबार श्रीलंकासँग वार्मअप खेल खेल्नेछ ।

विश्वकपमा अफगानिस्तानले शनिबार धर्मशालामा बंगलादेशसँग खेल्दै सुरुवात गर्नेछ । १० टोली सहभागी विश्वकप अक्टोबर ५ देखी १९ नोभेम्बर सम्म भारतमा हुँदैछ । अफगानिस्तानलाई अन्डरडग टोलीको रुपमा हेरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.