2 years ago
September 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आगामी महिना पोखरामा प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता आयोजना हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता मंसिर ७ देखी १६ सम्म पोखरा क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा नेपालका सात प्रदेश, तीन विभागीय टोलीसँगै एकेडेमीका दुई टोली सहभागी हुने पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले हाम्रो खेलकुदलाई जानकारी दिए ।
प्रतियोगिता विजेता टोलीले ५ लाख र उपविजेता टोलीले २ लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजारसँगै उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्नेछन् ।
हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजना गर्न करिब ७७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]