default_image

2 years ago

September 28, 2023

केसीएमआईटी र जेभियर्स विजयी

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एपेक्स अन्तर कलेज क्रिकेट प्रतियोगितामा अन्तर्गत विहीबार कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फोर्मेसन टेक्नोलोजी (केसीएमआईटी) र सेन्ट जेभियर्स विजयी भएका छन् । सेन्ट जेभियर्सले थेम्स कलेजलाई ४२ रन र केसीएमआईटीले इस्लिङटन कलेजलाई ३४ रनले पराजित गरेका थिए ।

मूलपानीको तल्लो क्रिकेट मैदानमा सेन्ट जेभियर्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । जेभियर्सका रुपेश बस्यालले ६२ बलमा ७२ रन बनाए । सविन दाहालले ४५ बलमा ५१ र प्रिन्सकुमार झाले ९ रन बनाए । थेम्सका सारस खत्रीले १ विकेट लिए ।

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको थेम्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७ रन बनायो । थेम्सका लागि सारसले ३९ बलमा २५, विवेन त्वानवासुले २७ बलमा १९ र श्रृजन भण्डारीले १८ रन बनाएका थिए । जेभियर्सका राहुल भुजेल र सुमन श्रेष्ठले २–२ विकेट लिए । सुनीलराज बोगटीले १ विकेट लिए ।

अर्को खेलमा केसीएमआईटीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । केसीइमआइटीका सुवास सापकोटाले ३० बलमा ३२, रोजल पन्तले ३० बलमा २८ र अमित मण्डलले १३ रनको योगदान दिए । इस्लिङटनका सुयस ढकालले १५ रन खर्चेर ३, मिनल तिमिल्सिनाले २ र खालिद हसन अन्सारीले १ विकेट लिए ।

जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको इस्लिङटन १५।५ ओभरमै ८६ रनमा अल आउट भएको थियो । मिनलले २२ बलमा २७, प्रथम भट्टराईले ४२ बलमा २६ र बिरोन जोशीले ७ रन बनाए । केसीएमआईटीका अमृतराज कार्कीले १६ रन खर्चेर ४ विकेट लिए । सुवासले ३ र अमित मण्डलले १ विकेट लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.