2 years ago
September 29, 2023
एजेन्सी – विकेटकिपर मोहम्मद रिजवानको शतक, बाबर आजम र साउद सकिलको उत्कृष्ट ब्याटिङको सहयोगमा पाकिस्तानले विश्वकप वार्मअप खेलमा न्युजिल्यान्डलाई ३ सय ४६ रनको विशाल लक्ष्य दिएको छ ।
राजिव गान्धी इन्टरनेल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४५ रन बनायो ।
पाकिस्तानका मोहम्मद रिजवानले ९४ बलमा ५ चौका र ४ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेले । यो वार्मअप खेल हुँदा ओडिआई मान्यता पाउने छैन । दुबै टोलीले चाहेको खण्डमा टोलीमा भएका सबै खेलाडीलाई खेलाउन सक्छन् । बाबर आजम ८४ बलमा ८ चौका र २ छक्कासहित ८० रनमा आउट भए ।
रिजवान शतकपछि रिटायर्ट आउट हुँदा अघा सलमानलाई मौका दिएका थिए । साउद सकिल ५३ बलमा ५ चौका र ४ छक्कासहित ७५ रनमा आउट भए । ओपनर अब्दुल्लाह शफिक १४ र इमाम उल हक १ रनमा आउट भएका थिए ।
शादब खान ११ बलमा २ छक्कासहित १६ रनमा आउट भए । सलमान २३ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा नटआउट रहे । इफ्तिखर अहमद ३ बलमा १ छक्कासहित ७ रनमा नटआउट रहे ।
न्युजिल्यान्डका मिचेल सान्टनारले ८ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । लोकी फर्गुसन, म्याट हेनरी र जेम्श निसमले समान एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]