2 years ago
September 29, 2023
एजेन्सी – बंगलादेशले विश्वकप वार्मअप खेलमा श्रीलंकामाथि ७ विकेटको सानदार जित हात पारेको छ । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशको जितमा युवा ओपनर तानजिद हसनले ८८ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए ।

अर्का ओपनर लिटन कुमार दास ५६ बलमा १० चौकासहित ६१ रनमा आउट भए । पहिलो विकेटका लागि लिटन दास र तानजिद हसनले २०.४ ओभरमा १ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए ।
मेहेदी हसन मिराज ६४ बलमा ५ चौका र २ छक्कासहित ६७ रनमा नटआउट रहे । विकेटकिपर मुश्फिकुर रहिम ४३ बलमा २ चौका र १ छक्कासहित ३५ रनमा नटआउट रहे । श्रीलंकाका दुशान हेमान्था, दुनिथ वेलालागे र लाहिरु कुमाराले समान एक विकेट लिए ।
त्यसअघि गुवाहाटीमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४९.१ ओभरमा २ सय ६३ रनमा अल आउट भएको थियो । श्रीलंकाका ओपनर पाथुम निसांकाले ६४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।
कुशल परेरा २४ बलमा ६ चौकासहित ३४, कुल मेन्डिस २२, चरिथ असलंका र दिमुथ करुणारत्ने समान १८ रनमा आउट भए । धनन्जय डि सिल्भा ७९ बलमा २ चौका र १ छक्कासहित ५५ रनमा आउट भए ।
पहिलो विकेटका लागि कुशल परेरा र पाथुमले १४.४ ओभरमा १ सय ४ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर त्यसपछि राम्रो साझेदारी हुन सकेन । बंगलादेशका मेहेदी हसनले सर्वाधिक ३ विकेट लिए । तानजिम हसन सकिब, शोरिफुल इस्लाम, नासुम अहमद र मेहेदी हसन मिराजले समान एक विकेट लिए ।
श्रीलंकाले दोस्रो वार्मअप खेल मंगलबार अफगानिस्तानसँग खेल्नेछ । अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको वार्मअप खेल भने वर्षाको कारण रद्द भएको थियो । बंगलादेशले दोस्रो वार्मअप खेल सोमबार इंग्ल्यान्डसँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]