2 years ago
September 29, 2023
एजेन्सी – युवा अलराउन्डर रचिन रविन्द्रको उत्कृष्ट ब्याटिङमा न्युजिल्यान्डले विश्वकप वार्मअप खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको छ । जितको लागि ३ सय ४६ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४३.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डको जितमा ओपनर रचिन रविन्द्रले ७२ बलमा १६ चौका र १ छक्कासहित सर्वाधिक ९७ रनको योगदान दिए । अघा सलमानको बलमा बोल्ड भएपछि उनी शतकबाट चुकेका थिए । अर्का ओपनर डेभन कन्वे भने शून्यमै आउट भएका थिए ।
तर दोस्रो विकेटका लागि केन विलियम्सन र रविन्द्रले १ सय ७९ रनको सानदार शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । यसै वर्षको सुरुवातमा आइपिएलको पहिलो खेलमै घाइते भएपछि विलियम्सन पहिलो पटक मैदान फर्किएका हुन् । गुजरात टाइटन्सबाट चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा उनी घाइते भएका थिए ।
विलियम्सन ५० बलमा ८ चौकासहित ५४ रनमा रिटायर्ड भए । डर्याल मिचेल पनि ५७ बलमा ३ चौका र २ छक्कासहित ५९ रनमा रिटायर्ड भए ।
युवा ब्याटर मार्क च्यापम्यान ४१ बलमा ६ चौका र ३ छक्कासहित ६५ रनको अविजित इनिङ खेल्दै खेल सकाए । जेम्श निसमले २१ बलमा ३ चौका र २ छक्कासहित ३३ रन बनाए ।
पाकिस्तानका स्पिनर उस्मान मिरले १० ओभरमा ६८ रन खर्चेर २ विकेट लिए । हसन अली, अघा सलमान र मोहम्मद वासिमले समान एक विकेट लिए ।
त्यसअघि राजिव गान्धी इन्टरनेल स्टेडियम हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४५ रन बनाएको थियो ।
पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले ९४ बलमा ५ चौका र ४ छक्कासहित १ सय ३ रनको शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । कप्तान बाबर आजम ८४ बलमा ८ चौका र २ छक्कासहित ८० रनमा आउट भएका थिए ।
साउद सकिल ५३ बलमा ५ चौका र ४ छक्कासहित ७५ रनमा आउट भए । ओपनर अब्दुल्लाह शफिक १४ र इमाम उल हक १ रनमा आउट भएका थिए । शादब खान ११ बलमा २ छक्कासहित १६ रनमा आउट भए । सलमान २३ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा नटआउट रहेका थिए ।
न्युजिल्यान्डका मिचेल सान्टनारले ८ ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए । लोकी फर्गुसन, म्याट हेनरी र जेम्श निसमको नाममा समान एक विकेट रह्यो । पाकिस्तानले दोस्रो वार्मअप खेल मंगलबार अष्ट्रेलियासँग खेल्नेछ । न्युजिल्यान्डले दोस्रो वार्मअप खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]