default_image

2 years ago

October 1, 2023

नेपालको प्लेइङ ११ मा एक परिवर्तन

8625 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड( मा माल्दिभ्सविरुद्ध प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालका तीव्र गतिका बलर करण केसीलाई आजको खेलमा विश्राम दिएको छ । करणले विश्राम पाउँदा विकेटकिपर विनोद भण्डारीलाई टोलीमा मौका दिएको छ । नेपालले मंगोलियाबाट टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपालको बेन्चमा प्रतिश जि.सी, सागर ढकाल, विवेक यादव र करण केसी छन् ।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलेको छ । दुई प्रतियोगिता जुधेपछि एसियाडको लागि दोस्रो रोजाईको टोली पठाएकोछ ।

माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो । यस खेलको विजेता टोली क्वाटरफाइनलमा स्थान बनाउनेछ । नेपालको लक्ष्य माल्दिभ्सविरुद्ध पनि रनको वर्षा नै हुनेछ ।

विश्व वरियतामा टि२० आईमा माल्दिभ्स ७८ औं र नेपाल १६ औं स्थानमा छ । त्यसमा पनि माल्दिभ्सको दोस्रो रोजाईको टोली छ । माल्दिभ्स र नेपालबीच हालसम्म दुई टि२० आई खेल भएको छ । २०१९ को १३ औं एसियाली खेलकुदमा टियु क्रिकेट मैदानमा माल्दिभ्स नेपालसँग ५ विकेट र ८४ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.