default_image

2 years ago

October 1, 2023

विनोदले नेपालको किपिङ गर्ने

633 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका विकेटकिपर विनोद भण्डारीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध किपिङ गर्ने भएका छन् ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेकोछ । आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई विश्राम दिएको छ ।

विनोद भण्डारीलाई मौका दिएको छ । नेपालका हार्ड हिटर विनोदले एक वर्षभन्दा बढी समयपछि नेपाली टोलीमा खेल्ने मौका पाएका हुन् ।

विनोद आइसिसी टि२० विश्वकप २०२२ जुलाईमा स्कटल्यान्ड भ्रमणपछि पहिलो पटक नेपाली टोलीमा परेका हुन् । उनले स्कटल्यान्डसँगको खेलपछि नेपाली टोलीमा पहिलो पटक खेल्न लागेका हुन् । टि२० मा भने विनोदले २०२१ मा टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँगको खेलपछि पहिलो पटक खेल्न लागेका हुन् ।

नेपालको पहिलो रोजाईका विकेटकिपर भएपनि अपेक्षा अनुसार रन बनाउन नसकेपछि बाहिर बस्नु परेको थियो । विकेटकिपर आसिफ शेख र अर्जुन साउदका साथ नेपाल अघि बढेपछि उनलाई टोलीमा फर्किन केहि गाह्रो भएको थियो ।

आज नेपालको प्लेइङ ११ मा आसिफ पनि छन् । तर नेपालले अनुभवी विकेटकिपर विनोद भण्डारीलाई उक्त जिम्मेवारी दिनेछ । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अघि विनोदलाई एसियाडमा प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

किपिङ गल्भ्समा विनोद नेपाली क्रिकेटमा अग्रस्थानमा आउने गर्दछन् । नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो । माल्दिभ्सको दोस्रो रोजाईको टोलीलाई पनि सहजै हराउने अनुमान गरिएको छ ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी (विकेटकिपर), रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.