default_image

2 years ago

October 1, 2023

अभिनाशको कीर्तिमानी ६ विकेटसँगै नेपाल क्वाटरफाइनलमा

18116 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) –तीव्र गतिका बलर अभिनाश बोहराको कीर्तिमानी ६ विकेटसँगै नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्समाथि १ सय ३८ रनको सानदार जित निकाल्दै क्वाटरफाइनलमा पुगेको छ । नेपाल समूह ए बाट अपराजित रहँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अल आउट भयो । माल्दिभ्सका घानी अब्दुलले ३४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।

फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए । उनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा बलमा कुशल भुर्तेलबाट समातिन पुगेका थिए । अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे ।

अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे । सातौं ओभरको पहिलो बलमा गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच गराउँदै सहज जितको आधार तय गरेका थिए ।

नेपालको जितमा अभिनाश बोहराले ३.४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ६ विकेट लिए । अन्तर्राष्ट्रिय करिअरमा उनले पहिलो पटक पाँच विकेट लिएका हुन् । उनी टि२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर हुन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५-५ विकेट लिएका थिए । त्यस्तै नेपालबाट माल्दिभ्सविरुद्ध सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले ।

पहिलो खेलमा मंगोलियाविरुद्ध विश्व कीर्तिमानी शतक हानेका युवा बायाँ हाते अलराउन्डर कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । कुशललाई नेपालले आज सातौं नम्बरमा खेलाएको थियो । नेपालले आज अन्य खेलाडीलाई मौका दिएको थियो ।

दीपेन्द्र ६ रनमा आउट हुँदा सोमपाल कामी एक बलमा एक रन बनाए । ओपनर आसिफ शेख ६ रनमै आउट भए । अर्का ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भएका थिए ।

एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेटकिपर विनोद भण्डारीले १५ बलमा १ चौकासहित १३ रनमा आउट भए । सन्दीप जोरा ९ बल खेल्दै ५ रनमा क्याच आउट भएका थिए ।

पाँचौं विकेटका लागि गुलशन झा र रोहित पौडेलले ७० रनको साझेदारी गरेका थिए । गुलशन २१ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नाजवानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नेपालले पहिलो खेलमा मंगोसियालाई २सय ७३ रनले हराएको थियो । नेपाल समूह ए को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।

क्वाटरफाइनलमा पाँच टेस्ट टोली भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सोझै मौका पाएको थिए । समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आएको छ । समूह बी बाट आज जापान र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा आउनेछ ।

क्वाटरफाइनलको ड्र सोमबार हुनेछ । क्वाटरफाइनलका खेलहरु मंगलबार र बुधबार हुनेछन् । शुक्रबार सेमिफाइनल र फाइनल शनिबार हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.