default_image

2 years ago

October 1, 2023

नेपालले क्वाटरफाइनलमा कोसँग खेल्छ ?

64804 views

0 Bookmark

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपाल चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा समूह ए को विजेता बन्दै क्वाटरफाइलमा पुगेको छ । नेपालले आइतबार बिहान माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

समूह बी बाट हङकङ र समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आउने पक्कापक्की छ । औपचारिकता मात्रै बाँकी देखिन्छ । केहि समयपछि हङकङ र जापानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोली क्वाटरफाइनलमा पुग्नेछ ।

सोमबार मलेसियाले अन्तिम खेल थाईल्यान्डसँग खेल्नेछ । हारका बाबजुद मलेसिया नेटरनरेटका कारण क्वाटरफाइनलमा पुग्ने समिकरण देखिन्छ । समूह बी मा हङकङ, जापना र कम्बोडिया छन् । समूह सी मा मलेसिया, सिंगापुर र थाईल्यान्ड छन् ।

को खेल्छन् क्वाटरफाइनलमा ?

समूह चरणबाट क्वाटरफाइनलमा चार टोली जानेछन् । अफगानिस्तान नखेली सोझै समूह विजेता बनेको थियो । यस अघि चार समूहमा विभाजन गरिएको थियो । तर अफगानिस्तानले नमानेपछि तीन समूहमा विभाजन गरिएको थियो । त्यसैले समूह चरणबाट अफगानिस्तान, नेपालसहित चार टोली जानेछन् । बाँकी दुई टोलीमा हङकङ र मलेसिया क्वाटरफाइनलमा स्थान बनाउन औपचारितकता बाँकी छ ।

समूह चरणबाट जाने चार टोली क्वाटरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका मध्य एकसँग खेल्नुपर्ने हुन्छ । अर्थात नेपालले क्वाटरफाइनलमा बंगलादेश, श्रीलंका, भारत र पाकिस्तान मध्य एक टोलीसँग खेल्नेछ ।

कोसँग खेल्ने सोमबार मात्रै टुङ्गो लाग्नेछ । क्वाटरफाइनलको टुङ्गो ड्रबाट सार्वजनिक हुनेछ । भारत र पाकिस्तान पर्ने टोलीले क्वाटरफाइनलमा मंगलबार खेल्नेछन् । श्रीलंका र बंगलादेशसँग पर्ने टोलीले बुधबार क्वाटरफाइनल खेल्नेछन् । सेमिफाइनलका दुबै खेल शुक्रबार हुनेछन् । फाइनल र कास्य पदका लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.