default_image

2 years ago

October 1, 2023

एपेक्ससँग खेलकुद पत्रकारको हार

251 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार ११ टि२० मैत्रीपूर्ण खेलमा आयोजक एपेक्ससँग डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले पराजित भएको छ । जितको लागि ७२ रनको मध्यम लक्ष्य पछ्याएको खेलकुद पत्रकार ११ ले निर्धारित १२ ओभरमा ९ विकेट गुमाउँदै ६४ रन बनायो ।

जितको लागि सुरुवातमा निर्धारित २० ओभरमा १ सय ३३ रन पाएपनि वर्षाको कारण खेलमा ओभर घट्न पुगेको थियो ।
खेलकुद पत्रकारको लागि सचिन तिमिल्सिनाले २२ बलमा १ छक्का र १ चौकासहित सर्वाधिक ३२ रन बनाए ।

अर्का ओपनर भुपेन्द्र जि.सीले २४ बलमा १२ रन बनाए । पहिलो विकेटका लागि ६ ओभरमा सचिन र भुपेन्द्रले ४५ रनको साझेदारी गरेपनि त्यसपछि खेलकुद पत्रकारले लगातार विकेट गुमाएपछि हार्न पुगेको थियो ।

अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनने । सरोज नेपालले ३, सन्दीप पौडेल ४, सचिन सुब्बा १, विराट रायमाझी डक, कप्तान प्रारम्भ दाहाल र विशाल पन्त एक एक रनमा आउट भए । त्यस्तै शिषिर पौडेल र प्रज्वल डक आउट भए । एपेक्सका लागि हरिसले तीन, गणेशले चार र सन्देशले एक विकेट लिए ।

त्यसअघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपेक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । उसका लागि निकेशले सर्वाधिक ३२ रन बनाए । सन्देशले १९ र गणेशले १३ रन बनाए । अर्जुन र लोकेश समान ९ रनमा आउट भए । त्यस्तै प्रकार ११ रन बनाए । खेलकुद पत्रकारले ३३ रन अतिरिक्त दिएको थियो ।

खेलकुद पत्रकारका लागि कप्तान प्रारम्भ दाहलले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । विराट रायमाझीले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । भुपेन्द्र जि.सीले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । सरोज नेपाल र सचिन तिमिल्सिनाले समान एक विकेट लिए ।

मुलपानीमा एपेक्स कप कलेज क्रिकेट जारी छ । त्यसैक्रममा एपेक्सले खेलकुद पत्रकारसँग अभ्यास खेल खेलेको हो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.